२०७९ आश्विन ५, बुधबार ०७:५७

जनकपुरधाम । प्रदेश सभाको कार्यकाल सकिएको वा नसकिएको विषयमा मधेश प्रदेश सभा सचिवालय अन्योलमा रहेको छ ।

निर्वाचन आयोगले प्रदेश सभाको कार्यकाल सकिएको वा नसकिएको विषयमा कुनै लिखित पत्र नपठाएपछि आफूहरु अझै अन्योलमा रहेको मधेश प्रदेश सभा सचिवालयका सचिव रंजित कुमार यादवले बताए । संविधानमा प्रदेश सासदको कार्यकाल ५ वर्ष तोकिएको छ । तर अहिलेसम्म सांसदहरुले शपथ ग्रहण गरको पाँच बर्ष पुगेको छैन, सचिव यादवले भने,‘ यस्तोमा प्रदेश सभाको कार्यकाल सकेको हो वा होईन भन्न अवस्थामा छैनौ ।’सभामुख र उपसभामुखको बारेमा संविधानमा स्पष्ट व्यवस्था भए पनि प्रदेश सांसदहरुको बारेमा स्पष्टता नदेखिएकोले आफूहरु दोधारको अवस्थामा रहेको सचिव यादवले बताए । प्रतिनिधि सभाको १ असोज देखि नै कार्यकाल सकिएको छ । यता, मधेश प्रदेश सचिवालय प्रदेश सभाको कार्यकाल विषयमा आफ्नै अन्योलमा रहेकोले संसदीय दलका नेता तथा विभिन्न संसदीय समितिका सभापतिले प्रदेश सभा सचिवालयबाट लिएका गाडी सहितका सुविधा अझै फिर्ता गरेका छैनन् ।

अन्य प्रदेशहरुमा कति संसदीय दलका तथा संसदीय समितिका सभापतिहरुले लिएको सुविधामा लिएका गाडीहरु फिर्ता गरे पनि प्रदेशका अहिलेसम्म एक जनाले पनि गाडी तथा अन्य सुविधा फिर्ता नगरेको सचिव यादवले बताए । प्रदेश सभाको पाँच वर्षे कार्यकालमा प्रदेश सभा सचिवालयमा विभिन्न ६२ वटा विद्येयक दर्ता भएकोमा ५५ वटा विद्येयक पारित भएको छ । त्यसैगरी, दुई वटा नागरिकता र प्रदेश प्रहरी सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रदेश सभाबाट पारित भएको सचिव यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News