अपडेट 
२०७९ आश्विन ५, बुधबार १७:२१

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको उलंघन गरेको बताएका छन् ।

जनकपुरधामको एतिहाँसिक विद्यालय श्री सरस्वती माविको बन्न लागेको नयाँ विद्यालय भवनको शिलान्यास गर्दै पुर्व राष्ट्रपति डा. यादवले गणतान्त्रिक नेपालमा प्रधानमन्त्री जस्तो कार्यकारी निकायबाट संविधान विपरित दुई दुई पटक संसद विघटन हुनु र अहिले राष्ट्रपतिले पुन: संविधानको उलंघन गर्नुले संविधान माथी खतरा बढेको बताएका छन् । डा. यादवले राष्ट्रपति पदको मर्यादा र गरिमा बचाउनु पर्ने सुझाव दिदै राष्ट्रपतिले अमेरिका, बेलायत, भारत सहित लोकतान्त्रिक युरोपियन देशहरुको नजिर र संविधान तथा कानुन विद्वहरुसंगको छलफलमा दुवै सदन बाट पास भएर आएको विद्ययेकलाई प्रमाणिकरण गर्नुपर्ने टिप्पनी गरेका छन् ।

तत्कालिन प्रधानमन्त्रीले संविधान उलंघन गर्दा अदालत, दलिय गठबन्धन, नागरिक समाज तथा बुद्विजिवी र मिडियाले खेलेको भुमिका र भएको सुधार जस्तै पुन: आज देशवासी सचेत हुन आवयश्क रहेको बताउदै पुर्व राष्ट्रपति यादवले दायावाया भए पुन: देश प्रतिगमन तर्फ जाने बताए । संविधानलाई सहि बाटोमा लाने दायित्व सम्पुर्ण नेपालीहरुको रहेको उनको तर्क छ ।
संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामले धुलिखेलस्थित गणपति बाबा निर्माण सेवा प्रा.लिसँग १० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी पुरानो मौलिक वास्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री प्रयोग गरी जनकपुरधामको श्री सरस्वती मावि विद्यालयमा थप दुई तल्ले आर.सी.सी. भवन, ९ वटा कक्षाकोठा, प्रत्येक तल्लामा महिला–पुरुष शौचालय, परिषर सुधारलगायतका कामहरु गराउन लागेको हो । २०७९ असोज २ गते सम्झौता कार्यादेश भई भवनलगायतका अन्य निर्माण कामहरु २०८० मंसिर ३० गतेसम्म अर्थात १५ महिनामा सम्पन्न गरिने भएको छ ।
शिलान्यास कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, मन्त्रालयका सचिव डा.रमेश सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, वडा अध्यक्ष परमेश्वर साह लगायतकाहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News