२०७९ आश्विन ५, बुधबार १९:२६

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे पनि संविधानको मर्मबमोजिम स्वतः प्रमाणीकरण भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले दाबी गरेको छ ।

तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले विज्ञप्ति जारी गरेर नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेकाले घोषणा गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

‘संविधानको धारा ११३ को (४)ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणिकरण गर्नैपर्ने व्यवस्था गरेको छ’, तमलोपा अध्यक्ष लालले विज्ञप्तिमा भनेका छन्, ‘सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यसअनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनुपर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नुपर्ने आग्रह गर्दछौं ।’

Comment

Related News

Latest News

Trending News