
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रप्रमुखबाटनै संविधानको उल्लंघन हुन थालेपछि संविधानमाथि कालो बादल छाएको बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभावाट दुई दुई पटक पारित भएर कुनै विधेयक प्रमाणीकरणकालागि राष्ट्रपति समक्ष पुग्नु र केही व्यक्तिको स्वार्थका संविधानलाई उल्लंघन गरेर विधेयक प्रमाणीकरण नगर्नु मुलुकमा घोर संकट आउन सक्ने सम्भावना रहेको उनले चेतावनी समेत दिएका थिए । आफैले माध्यमिक स्तर सम्मको अध्ययन गरेका जनकपुरधाम स्थितका सरस्वती माध्यमिक विद्यालयको भवन शिलान्यास पछि सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा उनले राष्ट्रपति विद्या देवी भण्डारीको कारण लोकतन्त्र र संविधान संकटमा पर्न सक्ने उनले बताए । पूर्व राष्ट्रपति यादवले भने–‘राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो । तर आज उहाँले संविधान उल्लंघन गर्ने काम गर्नु भएको छ ।’ पूर्व राष्ट्रपति यादवले बेलायत, भारत, अमेरिका लगायतका लोकतान्त्रिक मुलुकहरूको परम्परा र संविधानविद् तथा कानूनविद्हरूसँग परामर्श गरेर विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे । उनले केपी ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि संविधान बचाउन पहल गर्नुपर्ने बताए । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले एक पटक आफू कहा आएको विद्येयक प्रमाणीकरण नगरेर फिर्ता पठाउन सन्छन्, तर दोस्रो पटक प्रतिनिधि र राष्ट्रियसभाबाट पास भएर आएका विद्येयक फिर्ता पठाउन नसक्ने प्रावधान रहेको छ । ‘राष्ट्रपति भण्डारीले आपूm महाअभियोग फेस गर्न तयार रहेको तर, नागरिकता विधेयक प्रमाणीकरण गर्ने पक्षमा नरहेको प्रतिक्रिया दिएकी थिइन’ पूर्व राष्ट्रपति यादवले भने–‘कुनै खास समुदाय वा व्यक्तिमाथि राष्ट्रपतिको दृष्टि बक्र हुनु परेन्, राष्ट्रपति एउटा साझा संस्था हो बुझ् नुपर्ने थियो उहाँले बुझ्नु भएन् ।’ उनले अनाधिकृतरूपमा भइरहेको चुरे दोहन रोक्न ठोस कदम नचालेकोप्रति उनले सरकारको आलोचना गरेका थिए ।

जथाभावी भइरहेको दोहनले तराई मधेश क्षेत्र मरुभूमि बन्ने अवस्थामा पुगेको उनले उल्लेख गरे । ‘पहिला तराई क्षेत्र तराई थियो, यहाँ पर्याप्त पानी हुन्थ्यो, धान गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो,’उनले भने,‘तर अहिले तराई मधेशमा पानीको समस्या देखिएको छ । खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।’ यसको प्रमुख कारण अनाधिकृतरूपमा भइरहेको चुरे दोहन र चुरेको विनाश भएको उनको बुझाई छ । शिक्षाको स्वामित्व समाजले नलिएसम्म शिक्षा क्षेत्रले अपेक्षित परिणाम दिन नसक्ने उनले जिकिर गरे । सरकारको मात्र मुख हेरेर नभई शिक्षाको स्वामित्वसँगै निगरानी समाजले लिनुपर्नेमा उनले जोड दिए । समुदायले शिक्षाको महत्व नबुझेसम्म शिक्षा क्षेत्र अघि बढ्न नसक्ने र बेरोजगारी समस्यासमेत समाधान नहुने उनले बताए । ‘समुदायले शिक्षा हाम्रो हो, हामी शिक्षा क्षेत्रलाई अघि बढ्नस पर्छ भन्ने मनोभावना नलिएसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैनन्,’उनले भने, ‘पहिला पहिला समाजले शिक्षालाई महत्वका साथ लिन्थ्यो, निगरानी गर्दथ्यो त्यसैले त्यतिबेला सरकारी विद्यालयको स्तरमाथि थियो । ठूला ठूला विद्वान् उत्पादन गर्दथ्यो ।