२०७९ आश्विन ६, बिहीबार ०७:१५

मधेश प्रदेशका नीति तथा ओजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले तेस्रो चरणको वहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी बनाउन समाजमा पछी परेका वर्गलाई प्राथमिकतामा राखेर योजनाहरु तर्जुमा गनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

बुधवार राष्ट्रिय योजना आयोगको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा मधेश प्रदेश नीति तथा योजना आयोगको समन्वयमा भएको कार्यक्रममा उपाध्यक्ष डा.झाले उक्त आवश्यकतामा जोड दिएका हुन । मधेश प्रदेशका दलित र मुस्लिम सामुदायको जनसंख्या ३० प्रतिशतभन्दा बढी रहेको बताउदै उनले भने,‘प्रदेशका यति ठूलो जनसंख्या शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक रुपमा निकै पछाडि परेका छन्, यी समुदायहरुको अवस्थामा सुधार आएन भने प्रदेशको जिडिपीका साथै मानव विकास सुचकांकमा हरेक इन्डिकेटहरु पछाडि हुन्छ । त्यसकारण वहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन दलित, मुस्लिमसहितका सामुदायलाई ध्यानमा राखेर आगामी योजनाको तर्जुमा गर्नुपर्छ ।’



बाल मृत्युदरमा अन्य प्रदेश भन्दा मधेश प्रदेश राम्रो स्थानमा रहे पनि पोषण, शिक्षा, खानेपानी सरसफाइ लगायतका विषयमा अन्य प्रदेशभन्दा अवस्था निकै कमजोर रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका लक्ष्मी घिमिरेले पोषण सम्बन्धी आगामी कार्यक्रम नेपालका सबै जिल्लामा पूर्ण प्याकेजमा चलाउने गरी तयारी भइरहेको बताइन । पहिलो चरणमा नेपालका ३० वटा जिल्लामा, दोस्रो चरणमा ३५ वटा जिल्लामा पूर्ण प्याकेजमा र बाँकी जिल्लाहरुमा आंशिक रुपमा संचालन भइरहेको उनले जानकारी दिइन ।

Comment


Related News

Latest News

Trending News