
गौर नगरपालिकाका पूर्व नगर प्रमुख एवं नेकपा एमालेका नेता अजय कुमार गुप्ताले जीवन र मृत्युको संघर्षमा रहेका नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव रवीन्द्र मण्डलको उपचारको लागि नगद ५१ हजार सहयोग गरेका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभाका प्रत्यासी हुने गुप्ताले अस्पतालमा पुगेर मण्डलको श्रीमती मंजू देवी मण्डललाई नगद ५१ हजार रुपैया सहयोग गरेका छन् । माधव नारायण नगरपालिकाका एम्बुलेंस लिनको लागि काठमाण्डु गएर फर्किदैं गर्दा २०७६ साल साउन ३१ गतेमा माँ कल्याणी बस रात्रि सेवा दुर्घटना हुँदा मण्डल घाइते भएका थिए । विगत करिव ४ बर्ष देखि ओछ्यानमै विभिन्न ठाउँमा उपचार गराउँदै आएका मण्डलको अवस्था अहिले निकै नाजुक बनेको छ । चिकित्सकले निको नहुने जवाव दिए पछि अहिले पत्रकार मण्डललाई प्रादेशिक अस्पताल गौरमा राखिएको छ । मण्डलको उपचारको लागि रौतहटका सञ्चारकर्मीहरुले ‘बचाऊ अभियान’ सञ्चालन गरे पछि सहयोग गर्नेहरुले सहयोग गर्न थालेका छन् । नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहले आफ्नो निजी स्तरबाट ५० हजार रुपैयाँ सहयोग गरेका छन् । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जायसवालले २५ हजार तथा उप–प्रमुख पुनम चौधरीले ५ हजार १ सय रुपैयाँ अस्पतालमा पुगेर पीडि़तका पत्नीलाई नगद सहयोग गरेका छन् ।