ठगी गरेको आरोपमा पक्राउ परेका महोत्तरी भंगाहा ५ का अनिरुद्ध साहलाई जेल चलान भएको छ ।
मिटरव्याजबाट गरिब र विपन्नलाई ठगी गरेको आरोपमा पुर्पक्षका लागि उनलाई जिल्ला अदालत महोत्तरीले जेल चलान गरेको छ । महोत्तरी, धनुषा सहित तराईका जिल्लामा गरिब तथा विपन्न परिवारलाई ऋण दिएर चारगुणासम्म बढी रकम असुल्ने र जमिन समेत हडप्ने गरी जालसाजी कागजात बनाउँदै गरिबको उठिवास लगाएको भन्दै साह विरुद्ध मुद्धा परेपछि एक महिना अघि प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत महोत्तरीमा बुधबार भएको बहसमा दोषी ठहर भएपछि उनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । १९ जनाको जाहेरी पछि पक्राउ परेका साह विरुद्ध अहिले पनि जिल्ला प्रहरीमा निवेदन पर्ने क्रम चलिरहेको पंगेनीले बताए । साह विरुद्ध परेका १९ वटा जाहेरीका आधारमा बहस भएको भए पनि पुनः १५ वटा निवेदन साह विरुद्ध जिल्ला प्रहरीमा दर्ता भइसकेको पंगेनीले जानकारी दिए ।
५ विघा पुर्खाैली सम्पत्ति भएका साहको अहिले ९३ विघा जग्गा जमिन रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार २३ विघा जग्गा साहले आफ्नै नाममा राखेका छन भने अन्य ७० विघा जग्गा अन्य आफन्तको नाममा राखेका छन् । पछिल्लो समय मात्रै नभएर वर्षाैदेखि अनिरुद्ध विरुद्ध प्रहरीमा उजुरीका चाङ्ग रहेको जनाइएको छ । गरिब तथा विपन्नलाई ठगी गरेको आरोपमा उजुरी दिएपछि एक वर्ष अघि पक्राउ परेका साह १० महिना पहिले १ लाख ५० हजार धरौटी तिरेर छुटेका थिए । अहिले साह विरुद्ध परेका उजुरीमा ठगी गरेको प्रसस्त आधारहरु फेला परेको र उनको सम्पत्ति खोजबीनदेखि अन्यकुराको अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=AVYeiY8Xz58