अपडेट 
२०७९ आश्विन ६, बिहीबार ११:३७

आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ८०० रुपैयाँ थियो ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ कायम थियो ।

Comment


Related News

Latest News

Trending News