२०७९ आश्विन ६, बिहीबार १६:५०
मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो ।
मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ ।
छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए । अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी, हेटौंडा र काठमाडौं पठाइएको उनले बताए ।


