अपडेट 
२०७९ आश्विन ७, शुक्रबार ०७:४७

नक्कली घ्यू उत्पादनगर्ने बारा जिल्लाका दुईवटा अवैध उद्योगलाई प्रशासनले सील गरेको छ ।

अनुगमनको क्रममा उद्योग स्थल अत्यन्त फोहर रहेको र उद्योग पनि दर्ता नगरी अवैध ढंगले सञ्चालन गरिएको अनुगमन टोलीको ठहर छ । बारा जिल्लाको फेटा गाउँपालिका वडा २ को जगतपुर टोलमा सञ्चालनमा रहेका दुई घ्यू उद्योगमा बुधवार साँझ अनुगमन टोली पुगेको थियो । एउटै गाईगोठमा गुणस्तरहीन तरिकाले घ्यू उत्पादन गर्ने गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगलाई अनुगमन टोलीले मापदण्ड विपरीत देखेपछि सिलबन्दी गरिएको बताइएको छ । अनुगमन टोलीमा रहेको जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय बारा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

अनुगमनका क्रममा एउटै गाईगोठमा सञ्चालित दुबै उद्योगमा उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ गुणस्तरहीन पाइएकोले सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी (प्रहरी उपरीक्षक) होबिन्द्र बोगटीले जनाए । ‘गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योगले सञ्चालनको अनुमतिनै लिएको छैन्’ एसपी बोगटीले भने, दुबै उद्योग एकदमै फोहर रहेको र नक्कली ब्राण्डको लेबल टाँसेर घ्यू बजारमा पठाउने गरेका छन् । एसपी बोगटीका अनुसार अनुगमनपछि दुबै उद्योगमा रहेको तयारी घ्यू १ हजार १ सय ६१ लिटर , बेकरी १ हजार ६ सय लिटर र कच्चा पदार्थ १ सय ५० लिटर बरामद गरी दुबै उद्योगमा सिलबन्दी गरिएको छ । दुवै उद्योग सील गरी अनुसन्धान अगाडि बढाइएको एसपी बोगटीले बताए ।

Comment


Related News

Latest News

Trending News