
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति गठन गरेको छ ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल रहेका छन् । वार्ता समिति बनाएसँगै एमाले र लोसापाबीच आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल हुने सम्भावना देखिएको छ ।