२०७९ आश्विन ८, शनिबार ०६:३७

मधेश प्रदेश सरकारको मातहतमा रहेका कार्यालयहरुको बेथिति बढ्दै गएको छ ।

नियमित रुपमा छड्के अनुगमन नहुँदा सरकारी कार्यालयमा कर्मचारीहरुको मनोमानी , आर्थिक अनियमितता चरम सीमामा बढ्दै गएको हो । प्रदेश सरकारको मातहतमा रहेका कार्यालयमा कर्मचारीको अभावले गर्दा पनि सेवाग्राहीहरुको काम प्रभावित हुने गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , जिल्ला कृषि ज्ञान केन्द्र , सिचाई तथा जलस्रोत डिभिजन कार्यालय , प्रादेशिक अस्पताल , जिल्ला शिक्षा समन्वय इकाई , डिभिजन वन कार्यालय , पूर्वाधार विकास कार्यालयमा कर्मचारीको आफ्नै ताल रहेको छ ।

कार्यालयमा ढिलो पुग्ने , पुगे पनि आफ्नो जिम्मेवारीप्रति जवावदेहिता नदेखाउने , पारदर्शिता नअपनाउने , कार्यालयमा आएर कुर्सीमै सुत्ने रवैया देखिएको छ ।

 

Comment


Related News

Latest News

Trending News