सिरहामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
शुक्रबार सिरहा नगरपालिका १४ नेमचन चोकबाट दुई जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति ९ मा घर भइ हाल उदयपुर कटारी नगरपालिका २ कल्याणपुर टोल बस्ने ३५ वर्षीय ईश्वकर खत्रीलाई लागूऔषधसहित पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ५१० नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।
पक्राउ परेका दुबैजनाको साथबाट नाइट्रोभेट ट्याब्लेट १५ पिस , स्पास्मो प्रोक्सिभव प्लस ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने केम्पटी म्याङगो पन्च ड्रिक लेखेको बोतलमा ६ सय एमएल, रामा एक्सप्रेस खबर प्रेस लेखिएको आइडिकार्ड तथा नगद बरामद भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।