अपडेट 
२०७९ आश्विन ८, शनिबार ०६:५०

कटहरिया नगरपालिकामा रहेका अपाङ्गहरुको हकहितका लागि अपाङ्गता स्थानीय समन्वय समिति गठन गरिएको छ ।

कटहरिया नगर उपप्रमुख रिता देवी यादवको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता समन्वय समिति गठन गरिएको छ । यसअघि रहेको समितिलाई भंग गरी नयाँ समिति चएन गरिएको छ । नव गठित समितिको सदस्यहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, प्रधानाध्यापक राम मंगल प्रसाद यादव, प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका इन्चार्ज अनिल कुमार साह, इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंह, कौशल किशोर चौधरी लगाएतका व्यक्तिहरु रहेका छन् । नगर उपप्रमुख रिता देवीको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गरेको हो । गठित समितिले नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्नेछ ।

शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले स्थानीय सरकार मार्फत भत्ता दिदै आएको छ । भत्ताको लागि कार्ड अनिवार्य चाहिन्छ । गठित समितिले अपाङ्गता भएका व्यक्तिहरुलाई चाडै कार्ड वितरण गर्ने समितिकी संयोजक उपमेयर यादवले बताइन ।

Comment


Related News

Latest News

Trending News