२०७९ आश्विन ८, शनिबार ०७:११

राज्यले दलित र मुस्लिम सामुदायलाई करदाता र मतदाताको रुपमा मात्रै प्रयोग गर्दै आएको एक कार्यक्रममा वक्ताहरुले आरोप लगाएका छन् ।

प्रादेशिक सम्वाद समूहले शुक्रवार जनकपुरधाममा आयोजना गरेको सम्वाद कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा प्रदेश सांसद चमेली देवी दासले मधेश प्रदेशमा दलित र मुस्लिम समुदायको जनसंख्या उल्लेखनीय भए पनि सो अनुपातमा ती समुदायको प्रदेश सरकारदेखि कुनै पनि निकायमा पहुँच नरहेको गुनासो गरिन् । प्रदेश सांसद दासले भनिन्,‘देशमा परिवारवाद, जातिवाद हाबी रहेको छ, नेताका छोरा छोरी मात्रै मन्त्री बन्छन, दलित र मुस्लिम समुदायले मात्रै राज्यको कर तिर्न र मतदान गर्ने गरेका छन् ।’ मुलुकका शासक वर्ग इमान्दार नभएसम्म ती वर्गले अधिकारबाट वञ्चित नै रहेने उनले दाबी गरिन् । संविधानमा महिलालाई ३३ प्रतिशत आरक्षण तोकिए पनि महिलाको सट्टा राजनीतिक दलहरुले टिकटहरु पुरुष उम्मेदवारसँग बेच्ने गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका नेतृ बिभा ठाकुरले आरोप लगाइन ।

महिला हक अधिकारलाई सुनिश्चित गराउन प्रत्येक राजनीतिक दलका महिलाले आफनो पार्टी भित्र चर्को रुपामा अवाज उठाउनु पर्ने आवश्कता रहेको उनले औल्याइन । कार्यक्रममा नेकपा माओवादीका महिला नेतृ निशा साहले दलहरुले टिकट वित्तरणमा महिला पुरुष भनेर विभेद गर्दै आएको बताइन ।

Comment


Related News

Latest News

Trending News