
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अपाङ्ग आरक्षण कोटा व्यवस्था नगरेको राष्ट्रिय अपाङ्ग महासंघले आपत्ति जनाएको छ ।
शुक्रवार महोत्तरीको बर्दिवासमा भएको महासंघको दोस्रो र तेस्रो साधारण सभामा वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । मुलुकको राजनीतिक परिर्वतनमा भएका विभिन्न आन्दोलनमा अपाङ्ग भएकाहरुलाई राज्यले सम्मान स्वरुप आरक्षण सिटको व्यवस्था गरी राज्यले उनीहरुलाई अपमान गरिरहेको नेपाली कांग्रेस मधेश प्रदेश सूचना सञ्चार तथा प्रसारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले आरोप लगाए । संविधान र अन्तर्राष्ट्रिय अपाङ्ग माहासन्धिले अपाङ्गता अधिकारको सवाल धेरै दफाले अपाङ्गको हक अधिकारको विषयमा बोलेपनि राज्यले त्यसलाई बेवास्ता गरेको प्रमुख गुप्ताले टिप्पणी गरे ।

स्थानीय निकायले निर्देशिका विपरीत अपाङ्ग परिचयपत्र वितरण गरी राज्यको पैसा दुरुपयोग गर्ने गरेको भन्दै उनले त्यसको छानबिन समेत हुनुपर्नेमा जोड दिए । राज्यले अपाङ्गहरुलाई यसरी नै बेवास्ता गर्दै जाने हो भने आफूहरु देशव्यापी रुपमा आन्दोलन गर्ने महासंघका प्रदेश सचिव राजेश साहले चेतावनी दिए । कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।