२०७९ आश्विन ८, शनिबार ०७:१८

पोखरामा हुने ९ औ राष्ट्रिय खेलकुदको लागि फूल कन्टेक्ट करातेका लागि मधेश प्रदेशबाट विभिन्न तौल समूहका १२ जना खेलाडी छनौट गरिएको छ ।

विरगञ्जस्थित घरिहरर्वा पोखरी रंगशालामा दुई दिनसम्म चलेको छनौट प्रतियोगितामा प्रदेशभरिबाट ९ औ राष्ट्रिय खेलकुदको लागि फूल कन्टेक्ट कराते खेल अन्तर्गत १२ जना खेलाडी छनौट भएको फूल कन्टेक्ट करातेका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँले जानकारी दिए । वरिष्ठ प्रशिक्षक खाँका अनुसार ४० मुनि किलो तौल समूहमा जनकपुरका अरमान साफी, ५५ किलो तौल मुनि समूहमा सर्लाहीका धमेन्द्र राय र ४५ मुनि तौल समूहमा एलिना बमजन छनौट भएका छन् भने खुल्ला किलो तौल समूहमा सुजित खड्का छनौट हुन सफल भएका छन् । त्यसैगरी, पर्सा विरगञ्जबाट पुरुष ४५ मुनि किलो तौल समूहमा गोविन्द गौतम चौरसिया, ५० मुनि किलो तौल समूहमा रंजित कुमार, ६० तौल समूहमा रमेश्वर पटेल र ६५ किलो तौल समूहमा शुल्भ माझी छनौट भएका छन् ।



त्यस्तै, महिलातर्फ, ४० किलो तौल समूहमा निम्किा चौधरी, ५० किलो तौल समूहमा दीपिका पटेल, ५५ किलो तौल समूहमा अस्मिता घरेल छनौट भएका छन् भने खुल्लातर्फ निचित आले मागर छनौट भएका छन् ।

Comment


Related News

Latest News

Trending News