२०७९ आश्विन ८, शनिबार ०८:५१

महोत्तरी – महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन्।

अमिना शुक्रवार घाँस काट्न जङ्गल गएकी थिइन्। मृतक महिलाको शव घरबाट झन्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा फेला परेको प्रहरीले जनाएको छ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएकोले प्रहरीलाई यथाशक्य छानबिनको लागि अनुरोध गरिएको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको विषयमा गम्भीर ढङ्गले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएकोले पोस्टमार्टमको लागी बिहान मात्र पठाइको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए। मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन्।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=4THq6bYiWdg

Comment


Related News

Latest News

Trending News