२०७९ आश्विन ८, शनिबार १३:०७

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले उनीहरुलाई सिटी अस्पताल जाने सडकमा रोकेको थियो ।

नागरिकता विधेयक एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण नभएको भन्दै उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए । यसअघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले पाँचजना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएको थियो ।  नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेसका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News