अपडेट 
२०७९ आश्विन ९, आईतवार ०७:०९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा सरकारले अनावश्यक रुपमा प्रहरी प्रशासनमा सरुवा गरी चुनावमा धाँधली गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

धनुषाको विदेह नगरपालिकाको तिनकोरिया चोकमा पार्टी शनिवार पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । आफ्नो नेतृत्वको सरकारले ल्याएको नागरिकता सम्बन्धी आदेशलाई सत्तारुढ दलकै नेताहरुले अदालतमा मुद्दा दायर गर्न लगाएर खारेज गराएको दाबी गर्दै अध्यक्ष ओलीले भने,‘ नागरिकता सम्बन्धी विद्येयकमा राष्ट्रपतिले ध्यानाकर्षण गर्दा सत्तारुढ दलहरुले कुनै चासो देखाएनन् । अहिले असंवैधानिक र अलोकतान्त्रिक काम भयो भनेर देशलाई गृहयु्द्ध र द्वन्द्वमा फसाउने काम गरिदै छ ।’ अध्यक्ष ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टीको नेतृत्वको सरकार बनेपछि एक वर्ष भित्रमा नागरिकता समस्या र सुकुम्वासी समस्या समाधान गरिने दाबी गरे । मेरो नेतृत्वकै सरकारको पहलले जयनगर जनकपुर रेल संचालन भएको दाबी गर्दै अध्यक्ष ओलीले भने,‘हामिले जनकपुर जयनगर रेल ल्यायांै र आज त्यही रेलमा चढेर यहाँ तपाईहरु समक्ष पुगेका छौं ।

हामी काममा विश्वास गर्छै, गफ दिएर जनतालाई ठग्ने काम हाम्रो हँुदैन ।’ अध्यक्ष ओलीले भने,‘ अरुले गफ दिन्छ होला तर हामीले काम गरेर देखाएका छौ, हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं, जनकपुरमा सघन सहरी विकास कार्यक्रम ल्याएर जनकपुरमा ढलको विकास गरेका छौ ।’ आफ्नो नेतृत्वको सरकारले गरेको विकासलाई देखेर देशभरी एमालेमा जनलहर आएको अध्यक्ष ओलीको भनाइ छ । जेल जीवनमा सँगै बसेका मुर्बलको घरमा चिया जनकपुरमा चेल चढेर महिनाथपुर स्टेशनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । स्थलमा पुग्नु अघि अध्यक्ष ओलीले जेल जीवनमासंगै बसेका धनुषा शहीदनगर नगरपालिका–६ हरवाराका मुर्बल भनिने रामनारायण मण्डलको घरमा पुगेका थिए । त्यहाँ अध्यक्ष ओलीले चिया पनि खाएका थिए । मुर्बलको निधन भइसकेको छ । स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट वडाध्यक्षमा पराजित भएकी मुर्बलकी छोरी अपराजित मण्डललाई अध्यक्ष ओलीले फूलमाला लगाइ पार्टीमा प्रवेश गराएका थिए ।

Comment


Related News

Latest News

Trending News