लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक उमाशंकर अरगरियाको एमाले पार्टी प्रवेश कार्यक्रममा पार्टीकै मधेश प्रदेश इन्चार्ज तथा प्रभावशाली नेता रघुवीर महासेठलाई भाषण गर्नमा रोक लगाइएको छ ।
ओलीपछि मधेश प्रदेशमा नेकपा एमालेमा महासेठलाई नै लिइन्छ । तर, शनिवार धनुषाको तीनकौरिया चोकमा आयोजना गरिएको विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओलीसहित महासेठ, जुली महतो र प्रभु साहसमेत तीनकौरिया चोक पुगेका थिए । स्रोतका अनुसार उमाशंकरको एमाले प्रवेशवाट महासेठ र साह दुबै असन्तुष्ट छन् । उनी दुबै जना उमाशंकरलाई पार्टीमा प्रवेश गराउन चाहेका थिएनन् तर, उनी ओलीको एकदम नजिक र माया पाउने व्यक्ति रहेकोले ओली तीनकौरिया चोकसम्म पुगेको स्रोतको दाबी छ । उमाशंकर केही दिन पहिला देखि ओलीको निकट भएका थिए र उनलाई निकट गराउनमा पार्टीका केन्द्रीय सदस्य संजीव झा (सुरज)ले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । कार्यक्रममा ओलीसंगै महासेठ, प्रभु, जुली, उमाशंकर लगायत ८÷९ जनाको भाषण गर्ने कार्यक्रम तय थियो तर, अन्तिम समयमा आएर उनीहरुको नाम काटिएको थियो । हुनत समय अभावका कारण उनीहरुले नबोलेको बताइए पनि रघुवीर, जुली र प्रभुले भाषण गर्दा आपूmले पनि भाषण गर्ने संजीवले अडान लिएपछि उनीहरुको समेत नाम काटिएको थियो । महासेठले तत्कालीन नेपाली कांग्रेसका नेता संतोष यादवको प्रवेश कार्यक्रममा भन्दा बढी जनाको सहभागिता र सन्तोष भन्दा प्रभावशाली नेताहरु प्रवेश गर्दा ओली खुलेरनै प्रशंसा गरेका थिए ।
मधेशमा ओली पछिका नेता महासेठ र प्रभुलाई मञ्चासीन गराइए पनि बोल्न नदिएपछि दुबै जना अत्यन्तै रुष्ट भएका थिए । नेकपा एमालेमा महासेठ आफ्नो वर्चश्व कायम गर्न चाहेका छन् । तर, आम जनतामा भने महासेठलाई लिएर त्यति उत्साह देखिएको छैन् । नेपाल रेल्वेमा ओली संगै जुली, महासेठ र प्रभु बसेका थिए तर, रघुवीर जनतालाई मोटिभेट गर्न सकिरहेका छैनन् । महासेठलाई भाषण गर्न दिँदा तीनकौरिया चोकको माहोलनै परिवर्तन हुन सक्ने स्थिति सृजना हुन लाग्दा उनलाई बोल्नमा रोक लगाइएको थियो ।


