२०७९ आश्विन ९, आईतवार १५:४०

सशस्त्र प्रहरीले धनुषाको सीमा क्षेत्रबाट साढे १९ लाख बराबरको चाँदीसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जटही नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतको बिहारका मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको छ ।

साइकलमा सवार भई शरिरमा चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।

सशस्त्र प्रहरीले बरामद गरेको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News