अपडेट 
२०७९ आश्विन ९, आईतवार १६:०९

धनुषाका एक जना व्यक्तिले जनकपुरधामस्थित आर्यन अटोमोबाईल (टिभिएस) शो रुमबाट मोटरसाईकल खरीद गर्दा फुल क्यास ब्याक पाएका छन ।

धनुषाको शहिदनगर नगरपालिका ५ गोठकहलपुरका राजदेव मुखियाले टिभिएस कम्पनीको रेडर १२५ सीसी मोटरसाईकल खरीद गर्दा लक्की ड्रमा मोटरसाईकलको कूल रकम रु २ लाख ५६ हजार ९ सय फुल क्यास ब्याक पाएका छन । कम्पनीले चाड पर्वको अवसरमा ल्याएको काया पलट योजना अन्तर्गत मुखियाले खरीद गरेको मोटरसाईकल लक्की ड्रमा पर्न सफल भएको आर्यन अटोमोबाईलका सञ्चालक रामबालक महतो (संजिव) ले जानकारी दिए । आईतबार एक कार्यक्रमकाबीच महतोले विजेता मुखीयालाई फुल क्यास ब्याक पाएकोमा खरीद रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । उनले हरेक वर्ष धनुषा जिल्लामा टिभिएसको ग्राहलाई कुनै न कुनै उपहार पाउँदै आएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले, क्यास ब्याक पाएका मुखीयालाई बधाई दिनुको साथै, टिभिएस कम्पनीले ल्याएको अफरहरुले ग्राहकमाझ टिभिएस झन लोकप्रीय बन्दै गएकोमा बधाई र धन्यवाद ब्यक्त गर्नुभयो ।

टिभिएसले दशैं र दिपावलीसम्म विभिन्न अफरहरु राखेको आर्यन अटोमोबाईलसका सञ्चालक संजीव महतोले जानकारी दिए ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News