अपडेट 
२०७९ आश्विन १०, सोमबार ०६:४९

खम्बा पसाहा पुल र जैतापुर—रघुनाथपुर पसाहा पुलको शिलान्यास गरिएको छ ।

पूर्ब वन तथा बाताबरण मन्त्री रामसहाय यादब र बारा क्षेत्र नं.३ का निवर्तमान प्रतिनिधिसभा सदस्य रामबाबु यादबले सो पुलको शिलान्यास गरेका छन् । नेपाल सरकार भौतिक पूर्वधार विकास मन्त्रालयले बाराको पसाहा नदीमा दुई वटा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । मन्त्रालयले जिल्लाको अति महत्वपूर्ण सडकको रुपमा रहेको सिमरा–कोल्हवी सडक अन्तर्गत जीतपुरसिमराको वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्न पसाहा नदीमा तथा कलैया– सिस्वा महेशपुर–मधुवन सडक अन्तर्गत खम्वा र मधुवन जोड्ने पसाह नदीमा पुल निर्माण गर्न बोलपत्र आह्वान गरेको छ । बारा क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेश प्रदेश अध्यक्ष रामबावु कुमार यादवको पहल र विशेष सक्रियतामा यी दुबै पुल ठेक्का प्रक्रियामा गएका छन् । सांसद यादवले आफू पदमा रहे पनि नरहे पनि यी दुई वटा पुल निर्माण कार्यलाई छिटो सम्पन्न गर्न आफ्नो सधै सक्रियता र पहलकदमी रहिरहने प्रतिबद्धता व्यक्त गरे । उक्त पुल १ सय ६५ मिटर लम्बाइ दुई लेन गरी करिव ४० करोडको लागतमा निर्माण हुने आयोजना कार्यालयले जनाएको छ ।

करिब दुई वर्ष अघिदेखि नै पसाहा नदीमा पुल निर्माणका लागि वातावरणीय प्रभाव प्रतिवेदन र स्वायल टेष्ट भए पनि ठेक्का प्रक्रियामा जान सकेको थिएन । यस्तै पसाहा नदीकै खम्वा र मधुवन जोड् पुल निर्माणका लागि यसअघि गत भदौ २६ गते नै सडक डिभिजन कार्यालय हेटौडाले ठेक्काको लागि बोलपत्र आह्वान गरिसकेको छ । यो क्षेत्रमा करिब १०५ मिटर लम्बाईको दुई लेन पुल करिब साढे २६ लाखमा निर्माण हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News