२०७९ आश्विन १०, सोमबार ०६:५४

नेपाल बार एसोसिएशन जनकपुरधामको निर्वाचनमा बाम गठबन्धन पराजित भएको छ ।

नेपाली कांग्रेस निकट डेमोक्रेटिक लोयर एसोसिएशनले उनीहरुलाई पराजित गरेको छ । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीएलए) र नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएसन (आरपीएलए)ले गठबन्धन गरी निर्वाचनमा भाग लिएका थिए । यी गठबन्धनका दुई सदस्य पदका उम्मेदवार बाहेक सबैमा कांग्रेस निकटका डिएलएले पराजित गरेका छन् ।

अध्यक्ष पदमा डिलएका अधिवक्ता बलराम सुवेदी सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् । उनले ८७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार अरविन्दकुमार लाल कर्णले ५४ मत, अनिल कुमार सदा २८ र शिव कुमार महतोले ९ मत मात्र प्राप्त गरेका थिए । उपाध्यक्षमा अशोक कुमार मिश्रले ६४, सचिवमा विजयकुमार ठाकुर ७५ र कोषाध्यक्षमा रिंकु कुमारी यादवले ७८ मत ल्याएर निर्वाचित भएकी छन् । रिंकु ०७५÷७६ को कार्य समितिमा सदस्य पदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News