२०७९ आश्विन १०, सोमबार ०६:५७

दीपावली आउन एक महिना बाँकी छँदै भारतसँग सीमा जोडिएका सर्लाहीको विभिन्न ग्रामीण नाकाहरुबाट पटाकाको तस्करी सुरु भएको छ ।

तस्करहरु अहिले भारतसँग सीमा जोडिएको जिल्लाको उत्तरी भेगमा पर्ने विभिन्न गाउँको बाटो हुँदै प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु अवैधरुपमा भित्र्याउन सुरु गरेका छन् । भारतबाट तस्करी गरेर ल्याइएका पटाकाहरु मलंगवा नगरपालिका ,बलरा नगरपालिका,ब्रह्मपुरी गाउँपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिका अन्तर्गत पर्ने गाउँहरुको बाटो हुँदै विभिन्न सवारीसाधनहरुमा लुकाएर काठमाण्डु ,हेटौडा ,पोखरा,भरतपुर, नारायणगढ लगायतका शहरमा पुर्याइने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News