प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् ।
सोमबार (आज) जनकपुरधाममा नेता यादवले पत्रकार सम्मेलनमार्फत आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ । सोही कारणले रुष्ट बनेका यादवले एमाले त्यागेको घोषणा गरेका हुन् । उनले आफूलाई पार्टीले मूल्यांकन नगरेका आरोप लगाएका छन् । एमालेले पुरानोलाई अवमूल्यन गरेर नयाँलाई मात्रै अवसर दिएको उनको आरोप छ ।
यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।
Please subscribe our official youtube channel below and support us.


