२०७९ आश्विन १०, सोमबार १७:५५

जनकपुरधाम । धनुषामा दुई जना ब्राउन सुगरसहित पक्राउ परेको छ । विदेह नगरपालिका १ महिनाथपुरबाट एक जना युवक र एक जना युवती पक्राउ परेको हो ।

१६.८५ ग्राम ब्राउन सुगरसहित सिरहाको कर्जनहा नगरपालिका २ बन्दीपुर छगरियाका २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्री पक्राउ परेका छन् । उनीहरु स ६ प ८०८६ नम्बर प्लेटको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आइरहेको थियो ।

प्रहरीलाई शंका लाग्दा चेकजाँच गरेका थिए । मण्डलले लगाएको मोटरसाइकलको हेलमेटको भित्रि भागमा कालो प्लास्टिक भित्र लुकाई छिपाइ ब्राउन सुगर राखेका थिए । प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल, मोटरसाइकल र ब्राउन सुगर बरामद गरेका थिए ।

उनीहरु भाग्न सक्ने कारण तत्काल प्रहरीले पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनास्थलमै स्थानीयको रोहबरमा मुचुलका गरी इलका प्रहरी कार्यालय खजुरीमा पठाएको थियो । उनीहरु माथि लागु औषध सम्बन्धि मुद्दा चलाइने बताइएको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News