२०७९ आश्विन ११, मंगलवार ०६:४४

जनकपुरधाम ।धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा चुनावमा आयातित नेताहरुबीच भिडन्त हुने देखिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का प्रमुख सचेतकसमेत रहिसकेका युवा नेता उमाशंकर अरगडिया गत शनिवार नेकपा एमालेमा प्रवेश गरे लगतै एमालेका अत्यन्त प्रभावशाली पुराना नेता गंगाराम यादव पार्टी परित्याग गरेका छन् । नवप्रवेशी अरगडियालाई प्रतिनिधि सभामा लडाउने निश्चित एमालेले गरेको छ ।तर सो क्षेत्रका प्रभावशाली नेता गंगाराम यादवले सोमवार एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।स्थानीय बासिन्दाहरुका अनुसार क्षेत्र नम्बर २ मा व्यक्तिगत रुपमा यादव सर्वाधिक प्रभावशाली नेता मानिन्छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली गंभीर बिमारी भई जीवन र मृत्युबीचको संघर्ष गरिरहेको बेला नेता यादवले उनको जीवन रक्षाका लागि यज्ञ, पूजापाठ, दान र भोजभतेर गरेका थिए ।एमालेमा उनी राष्ट्रपति विद्यादेवी भण्डारीको अत्यन्त विश्वास पात्र थिए । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे । उनी एमाले केन्द्रीय कमिटी सल्लाहकार समितिका सदस्य थिए ।

सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले उनको एकल नाम सिफारिस गरेको थियो । सोही क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता तथा पूर्व मन्त्री उमाशंकर अरगडिया शनिबार एमाले प्रवेश गरेका थिए । अरगडिया एमालेबाट उम्मेदवार बन्ने लगभग निश्चितजस्तै छ । अरगडिया एमाले प्रवेश गर्दा यादवले टिकट पाउने सम्भावना नदेखेपछि एमाले त्याग गरेका हुन् । हाल कुनै पार्टीमा प्रवेश गर्ने निर्णय नगरेको बताउँदै उनले भने, म धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव लड्नेछु ।यादवको पार्टी परित्याग गर्ने पत्रकार सम्मेलनमा जसपा धनुषाका जिल्ला अध्यक्ष पशुपति यादव लगायतका नेताहरुको सहभागिता थियो । तर उनीहरु भने मौन थिए । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव बुधवार जनकपुरधाम आउन लागेका छन् । बृहत् पार्टी प्रवेश कार्यक्रममा गंगाराम यादवलाई अध्यक्ष यादवले पार्टीमा स्वागत गर्ने छन् । जसपाले उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ बलराम महतो, सूर्यचन्द्र यादव, गजाधर रोहिता, देवकृष्ण मण्डल र राम शंकर पासवानको नाम सिफारिस गरेको छ । तर गंगाराम जसपा प्रवेश गरेपछि उनलाई नै उम्मेदवार बनाउने चर्चा छ । ‘यस पटक जनताको बीचमा जाने इच्छा छ’ उनले भने, स्वतन्त्र जाने की पार्टीसँग त्यो निर्णय भइसकेको छ्रैन् । ‘एमालेका शीर्ष नेतृत्वले मेरो मूल्याङ् कन गर्न सकेनन्, त्यही भएर पार्टी त्याग गरेको छु ’ उनले भने, मैले गरिबीमा पार्टीका नेताहरुलाई सबै प्रकारको सुबिधा उपलब्ध गराएको नेता हुँ । ३० वर्षदेखि एमाले पार्टीमा आवद्ध रहेका यादव सामाजिक क्षेत्रमा पनि अत्यन्त सक्रिय रहेका थिए । पार्टीले पटक पटक आफूविरुद्ध षड् यन्त्र गरेको आरोप लगाउँदै उनले आफ् नो क्षेत्रमा विद्यालय, कलेज र अस्पताल बनाइ विकास गरेको दाबी गरे । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको संसदीय निर्वाचन क्षेत्रबाट तत्कालीन संघीय समाजवादी पार्टी(हालको जसपा)बाट अरगडियाले चुनाव जितेका थिए ।त्यो क्षेत्रको दुबै प्रदेशमा जसपाका नेताहरु शैलेन्द्र यादव र रामअशिष यादव निर्वाचित भएका थिए । पाँच दलीय गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्र जसपाको भागमा पर्ने संभावना बलियो छ ।जसपाबाट सो क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारीमा बलराम महतो पनि छन् ।

स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र भएर चुनाव लडेका थिए । अरगडियालाई एमालेमा भित्र्याउन अध्यक्ष ओलीले अत्यन्त तामझामका साथ तिनकौरिया चौक पुगेका थिए ।त्यसलाई काउण्टर गर्न जसपाले पनि भारी तयारी गरेको छ ।एमाले त्यागको घोषणा गरेका नेता गंगाराम यादवसहित हजारौ नेता, कार्यकर्ताहरुलाई जसपामा भित्र्याउने तयारी भएको छ ।यादवले पाँच दलीय गठबन्धनबाट टिकट पाए जित निकाल्न सक्ने संभावना बलियो छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News