२०७९ आश्विन ११, मंगलवार ०६:४९

धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरिएको छ । मिथिला विहारी नगरपालिका ५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनको श्रीमान रामा मण्डल पक्राउ गरिएको हो ।

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान– श्रीमतीबीच छलफल भएको थियो । सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको थियो ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । उनीमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरुको दुई छोरा विनय र संजय वैदेशिक रोजगारीको लागि कतारमा छन् । छोराहरुले आमाकै नाममा पैसा पठाउने गरेका थिए । ऋण तिर्न छोरा र श्रीमतीले असहयोग गर्ने गरेका थिए । घरमा सोही कारण झै झगडा हुने गरेको थियो । दुई साता अघि नै उनको दुबै छोरा छुट्टा छुटै बस्ने निर्णय गरेका थिए ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News