अपडेट 
२०७९ आश्विन ११, मंगलवार ०६:५३

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने चुनावमा एमालेसित सिटको बाँडफाँटमा जित्ने जनाधारलाई प्राथमिकतामा राख्ने भएको छ ।

लोसपाले तराई मधेशमा २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी( हाल जसपा) र तत्कालीन राष्ट्रिय जनता पार्टी(हाल लोसपा)ले जितेका सबै सिटमा दाबी गरेको छ ।तर जसपाले जितेको सिटमा एमाले पनि दाबी गरेको छ । लोसपाले एमालेसित जनाधार(ग्राउण्ड रियलिटी)को आधारमा सिटको तालमेल गर्न चाहेको छ ।विगतमा एमाले अथवा लोसपा/जसपा जसले जितेको भए पनि हालको अवस्थालाई दृष्टिगत गरी सिटको तालमेल हुने लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले जनाए । लोसपाले जसपाको भागको सिट समेत मागेकाले एमाले हच्चिएको छ ।एमाले वार्ता समितिका संयोजक विष्णु पौडेलले जसपाले जितेको सिट एमालेले राख्ने र लोसपाले जितेको सिट दिने प्रस्ताव गरिसकेका छन् ।त्यसमा लोसपा सहमत देखिएको छैन् । नेता भण्डारीका अनुसार दुवै दलबीच हाल वार्ता सुरु भएको छैन् ।‘हामी आ–आआफ्नो दलमा गृहकार्य गरिरहेका छौ’ उनले भने, दुई दलबीच गठबन्धन नभएकाले सिट बाँडफाँटमा ‘ग्राउण्ड रियलिटी’को मूल्यांकन गरिरहेका छौ ।

लोसपाले गत हप्ता विज्ञप्ति सार्वजनिकगर्दै विचार मिल्ने नेकपा एमालेसहितका दलहरुसित गठबन्धन गरी चुनावमा जाने बताएको थियो ।सामाजिक सञ्जालमा त्यसको व्यापक आलोचना पनि भएको थियो । एमालेकै चाहना अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लागिरहेको बेला लोसपाले उसलाई विचार मिल्ने दलको रुपमा लिएकाले मधेशी युवाहरुले आलोचना गरे । विधेयक प्रमाणीकरण नभएको विरोधमा सडक संघर्षमा उत्रने चेतावनी दिएको लोसपाको विरोध कार्यक्रम हुन सकेको छैन् ।प्रमाणीकरण रोक्ने एमालेसित नै मिलेपछि मधेशको लोसपाप्रतिको असन्तुष्टि बढेको बताइन्छ । लोसपाका चार प्रमुख नेताहरुको जितसमेत सुनिश्चित छैन् ।दुई नेताको स्थिति एमालेसितको तालमेलबाट बलियो हुन सक्ने भए पनि दुई जना नेताको अवस्थामा धेरै सुधार आउने संभावना देखिएको छैन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पाँच दलीय गठबन्धनबाट महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाका हरिनारायण यादवले चुनौती दिने भएका छन् ।गत चुनावमा ठाकुरलाई कांग्रेस र जसपा समेतले सघाएको थियो ।जसपासित गठबन्धन र कांग्रेसले उम्मेदवारी दिएको थिएन् । महोत्तरी जिल्लाकै निर्वाचन क्षेत्र नम्बर २ मा जितेका लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई यस पटक गठबन्धनबाट नेपाली कांग्रेसकी किरण यादवले टक्कर दिने भएकी छन् ।यादवबाट दोस्रो संविधान सभा चुनावमा हारेका भण्डारीले उनलाई २०७४को चुनावमा हराएका थिए ।भण्डारीलाई जसपाको सहयोग थियो । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७४ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई चुनाव हराएका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो हालसम्म चुनाव क्षेत्र निर्धारण गर्न सकेका छैनन् ।एमालेबाट जुली महतो उम्मेदवारी दिने भएकाले महतो हच्चिएका छन् ।तर सिटको बाँडफाँटमा भएको प्रारम्भिक सहमति अनुसार लोसपाले जितेको क्षेत्रमा एमालेले सघाउने भएको कारण धनुषा क्षेत्र नम्बर ३ बाट जुली महतोको उम्मेदवारी नहुन सक्छ । महतो सर्लाही २ अथवा धनुषा ३ बाट उम्मेदवारी दिने निर्णयमा पुगिसकेका छैनन् ।

लोसपाका अर्का नेता अनिल कुमार झाको अवस्था पनि कमजोर छ । पाँच दलीय गठबन्धनमा रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसित झालाई भिड्नु परिरहेको छ ।हुनत २०७४ सालको चुनावमा झाले नेपाललाई हराएका थिए । नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरी प्रतिनिधि र प्रदेश सभाको चुनाव लडे पनि एमालेले मधेश प्रदेशमा २ सिट मात्र जित्न सकेका थिए ।प्रदेशमा पनि उसको अवस्था कमजोर रहेको थियो । तर हालै सम्पन्न स्थानीय तहको चुनावमा एमालले भारी सफलता पाएको छ ।पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई समेत कयौं पालिकामा पराजित गरी एमालेले ३० वटा पालिका र २ सय ७४ वटा वडा जितेको छ ।लोसपाले १४ वटा पालिका र ८७ वटा वडा मात्र जित्न सकेको छ । लोसपाले जसपाले जितेको क्षेत्रमा दाबी गरे पनि एमालेले उसको ४ जना नेताको जित सुनिश्चित गर्ने बाहेक अन्य क्षेत्रहरु दिने पक्षमा छैन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News