अपडेट 
२०७९ आश्विन ११, मंगलवार ०८:२१

वीरगंज उद्योग वाणिज्य संघले प्रत्येक बर्ष झै यस बर्षपनि बडा दशैंको पूर्व सन्ध्या बारेर आयोजना गरे शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।

संघले आफनै सभाहलमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा।सुबोद गुप्ताले सबै अतिथीहरुलाई बडा दशैंको शुभकामना दिदैं उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो । वहाँले यस क्षेत्रले बोकेको अपार सम्भावना र अवसरका बारे सामुहिक सहकार्यका माध्यमबाट उजागर गर्दै जाने बताउनु भयो ।

सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, अशोक टेमानी, प्रदीप केडीया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटा, कार्यसमिति सदस्य मनोज शर्मा, दिपक टिवडेवाल, प्रदेश नं। २ का अध्यक्ष गणेश लाठ, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साका सशस्त्रका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, श्री श्री जंग गणका प्रमुख डायमण्ड कार्की, बाराका प्रमुख जिल्ला अधिकारी, बाराका प्रहरी उपरीक्षक, राजश्व कार्यालय बीरगंजका प्रमुख कपिल देव सुवेदी, विभिन्न राजनैतिक दलका नेता, सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News