२०७९ आश्विन १२, बुधबार १३:११

निर्वाचन आयोगले देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ।

प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियाका अनुसार मुख्य निर्वाचन अधिकृत ७७ जना, निर्वाचन अधिकृत ८८ जना र  निर्वाचन अधिकारी ७७ सहित तोकेर निर्वाचन तयारी थालिएको हो।

उनीहरुका लागि निर्वाचन ब्यवस्थापन प्रशिक्षण बुधबारदेखि सुरु गरिएको पनि थपलियाले जानकारी दिएका छन्।

आयोगले असोज १५ देखि २० गते सम्ममा १६५ वटै संघीय निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसक्ने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भइसकेको छ।

दलहरुले बुझाएका बन्दसूची मिलाएर आगामी १६ गते अन्तिम विवरण टुंगो गरिनेछ। प्रत्यक्षतर्फ आगामी असोज २३ गते मनोनयन दर्ता हुँदैछ।

Comment

Related News

Latest News

Trending News