२०७९ आश्विन १२, बुधबार १८:२४

सविधान सभासद एवम नेका पर्साका पूर्व सभापति राजेन्द्र बहादृर अमात्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै सचेत हुन चेतावनी दिएका छन् ।नेपाली कांग्रेस केन्द्रिय कार्यालय काठमान्डौमा भएको बिरोध धर्ना कार्याक्रममा बोल्दै सहिद पुत्र अमात्यले यस्तो चेतावनी दिएका हुन ।पार्टीको केन्द्रिय नेतृत्वले एक तर्फि रुपमा इतर समुहका पुराना नेताहरुलाई पाखा लगाउन कार्यले बिद्रोहको ठुलो आंधी ल्याउने नेता अमात्याको चेतावनी थियो ।

पार्टी सभापति शेर बहादुर देउवाले उम्मेदवार छनौटमा एकलौटी गरेको भन्दै त्यसलाइ सच्याउन माग गर्दै बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा शेखर समुहले आयोजना गरेको धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै अमात्यले भने,‘पार्टीमा प्रवेश गरेका नया नया कार्यकर्ताहरुलाई अगाडि पढाउने र पुराना नेतालाई पाखा लगाउने कार्य कुनै रुपमा बर्दास्त हुदैन,नेतृत्व पक्ष समयमै सचिएन भने बिद्रोहको ठुलो आधी आउन सक्छ ।’

‘ आँधी आउनु भन्दा पहिले शान्त देखिन्छ तर आँधी आउदा कति तहश नहश पार्छ त्यो कुरा समयमै नेताहरुले बुझनु पर्दछ ,हामी सुझाव दिरहेको छौ समय छ ,अहिले पनि सचिनुस ।’
पार्टीको केन्द्रिय नेतृत्वले आसन्न संघीय र प्रदेश सभा निर्वाचनको समानुपातिक बन्दसूचीमा एकलौटी गरेको भन्दै पार्टीको इतर समूहले बिरोध स्वरुप केन्द्रीय कार्यालयमा एकघन्टाको धर्ना कार्यक्रमको आयोजना गरेको थियो । बुधबार दिउँसो १ देखि २ बजे सम्म चलेको धर्नामा पर्साका अधिकांस बिपक्षी नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

पर्साबाट काँग्रेसका पूर्ब जिल्ला सभापति राजेन्द्र बहादुर अमात्यसंगै प्रदेशसभा सदस्य राजेश्वर साह तेली, पुर्व क्षेत्रीय सभापित विजय सर्राफ, वीरगन्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, नगर उपसभापति सन्तोष गुप्ता , पूर्ब नगर सचिव मनोहर साह , विजय कर्ण, रोशन लामिछाने लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहको थियो । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनु पर्ने उनीहरुको अडान छ ।

Comment


Related News

Latest News

Trending News