२०७९ आश्विन १३, बिहीबार ०६:५१

जनकपुरधाम ।जनता समाजवादी पार्टी(जसपा)ले धनुषा जिल्लाको शहीदनगर (यदुकुहा)मा विहीबार विशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले परित्याग गरेका समाजसेवी गंगाराम यादवको नेतृत्वमा ८ हजारले जसपा प्रवेश गर्ने दाबी गरिएको छ । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ गठबन्धनबाट जसपाको भागमा पर्ने निश्चित जस्तै छ ।जसपा धनुषाका अध्यक्ष पशुपति यादवले पार्टी प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । राष्ट्रिय अध्यक्ष यादव बुधवार नै जनकपुरधाम आइपुगेको जनाउँदै बिहान ११ बजेदेखि नै सभा सुरु हुने उनले बताए ।सो क्षेत्रमा प्रतिनिधि सभाका लागि गंगाराम यादव, गजाधार यादव, बलराम महतो लगायतले जसपाबाट टिकट चाहेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News