२०७९ आश्विन १३, बिहीबार १६:३३

पर्सा प्रहरीले ईरिक्सावाट लागु औषध सहित ५ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले विषेश सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकस्थित सडकखण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पावरहाउस चोकबाट परवानिपुर तर्फ जाँदै गरेको ना १ घ २८२३ नम्वरको सार्वजनिक ई-रिक्सालाई रोकी कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ई-रिक्सामा सवार रहेका मानिसहरूले कपडाको झोला भित्र लुकाइछिपाई राखिएको अवैध लागु औषध Nitzacare नामको ट्याब्लेट प्रतिपत्ता १० का दरले ३०० पत्ताको जम्मा ३,००० ट्याब्लेट, डाईजेपाम १७०० पिस, फेनारगन १७०० पिस, नुर्फिन १७०० पिस गरी जम्मा ५१०० पिस लागु औषध बरामद भएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ बर्ष २६ को उतम अचार्य , सो वडाको बर्ष२० को अरुण राई ,बर्ष ३२ को सुविन श्रेष्ठ, काठमाडौ चन्द्रगिरी गपा ४ थानकोट बर्ष २७ को अोमप्रकाश महतो र जि.मोतिहारी थाना भेलाही घर भई हाल वी.म.न.पा वडा नं.१६ बर्ष ५० को प्रदिप बोहरा क्षेत्री सहित ५ जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको पर्सा प्रहरी उपरीक्षक बस्नेतले जनकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News