२०७९ आश्विन १३, बिहीबार १६:५०

जनकपुरधाममा महिला हिंसा विरुद्धमा रहेका कानुनी तथा नीतिगत अन्तर अध्ययन नामक पुस्तकको विमोचन गरिएको छ ।

सीडीडब्लुएनद्वारा बिहिबार जनकपुरधाममा आयोजित लैङिक हिंसाको रोकथाम र सम्बोधन गर्न क्षमता विकास र बहुक्षेत्रीय दृष्टिकोण मार्फत महिला तथा बालबालिकाहरुलाई सशक्तिरण परियोजना अन्तर्गत अन्तरक्रिया तथा पुस्तक विमोचन कार्यक्रममा मधेश प्रदेशका महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले उक्त पुस्तकको बिमोचन गरेका हुन ।

उक्त पुस्तकको उद्येश्य महिला हिंसा अन्त्यका लागि विभिन्न कानुन, निति, कार्यविधी तथा मापदन्डको प्रयोगको वास्तवीक स्थित पक्ता लगाउनु रहेको कार्यक्रमका अध्यक्ष दुलारी हरिजनले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री सिंहले महिला हिंसा अन्त्य गर्न सबै भन्दा पहिलो प्राथमिकता शिक्षालाई दिन आवश्यक रहेको बताउनुभयो । उनले विद्यायलयमा विद्यार्थी भर्ना गर्ने बेला कम्तीमा एक पटक आफ्नो गाउँघर टोलमा गएर दलित एवम पिछडिएका वर्गलाई घरमै पुगी उनीहरुको छोरा छोरीलाई विद्यालयमा भर्ना गराउन उत्साहन गर्न आवश्यक रहेको बताए । मन्त्री सिंहले सरकारी र गैरसरकारी संघसंस्थाले कुनै तालिम दिए उक्त तालिममा सहभागीहरुलाई तालिम बमोजिम आवश्यक उपकरण प्रदान गर्ने व्यवस्था समेत मिलाउन उक्त संघ संस्थाहरुलाई आग्रह गरे ।

मन्त्री सिंहले अबको केहि दिनमा मधेश प्रदेशका २ हजार किशोरीहरुलाई आत्मरक्षाको प्रशिक्षण दिने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News