अपडेट 
२०७९ आश्विन १४, शुक्रबार ०६:५२

प्रतिनिधि र प्रदेश सभाको मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटप्रति जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् ।

धनुषा जिल्लाको शहीदनगर नगरपालिकाको यदुकुहामा विहीबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले सिट बाँडफाँटको टुंगो अझै लागि नसकेको बताए ।सिट बाँडफाँटबारे बजारमा फैलिएको हल्ला अनुरुप भएको छैन्’ उनले भने आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लड्न पार्टीलाई कुनै बैशाखीको आवश्यकता छैन् । गठबन्धनमा भइरहेको सिट बाँडफाँटबाट पार्टीलाई ठूलो संगठनात्मक क्षति हुने चिन्ता नेता, कार्यकर्ताहरुले व्यक्त गरिरहेको बेला अध्यक्ष यादवले भने, बिना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लड्न जसपा सक्षम छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलीय गठबन्धन निर्माण भएको हो’ उनले भने, जनजाति, मधेशी, आदिवासी लगायतका उत्पीडित वर्गको सम्मान हुने गरी सिटको बाँडफाँट भए जसपा अझै गठबन्धनको पक्षमा रहेको छ । अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँटमा कुनै सहमति नभएको उनले प्रष्ट गरे । ‘गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन’ अध्यक्ष यादवले भने, हल्लाको पछाडि नलागौ । ’ ‘अन्य दलहरुका लागि निर्वाचन मात्र भए पनि, जसपाको लागि संघर्षको एउटा पडाव मात्र हो ’ अध्यक्ष यादवले भने, संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेको छ । उनले निर्वाचनलाई संघर्षको रुपमा लिन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । नेकपा एमालेका तीन दशक बढी पुराना नेता एवं समाजसेवी गंगाराम यादव नेतृत्वको समूहलाई जसपामा स्वागत गरेका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीले थुप्रै वेथितिहरु निम्त्याएको बताए । ‘खसी बोका जस्तो सांसदहरु बिक्रीहुने प्रणालीलाई अन्त्यगर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान संविधान संशोधन आवश्यक रहेको छ ’ उनले भने, निर्वाचनलाई संघर्षको रुपमा लिएकाले झिनामसिना विषयमा असन्तुष्टि जनाउन हुँदैन् । गठबन्धनमा धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ नेपाली कांग्रेसको भागमा परेको चर्चा भइरहेको बेला अध्यक्ष यादवले भने, क्षेत्र २ मा जसपाकै उम्मेदवार हुनेमा ढुक्क रहनुहोस् ।

क्षेत्र २ मा छाता छापलाई जिताउने अभियानमा जुटन नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । २०७४ सालको निर्वाचनमा जसपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उमाशंकर अरगडिया लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) हुँदै एमालेमा प्रवेश गरेका छन् ।तर जसपाबाट त्यस क्षेत्रमा चुनाव लड्न ठेकेदार बलराम महतो र समाजसेवी गंगाराम यादवले पार्टी प्रवेश गरेका हुन् । त्यस क्षेत्रको दुबै प्रदेश सभासिटमा पनि जसपाका नेताहरु शैलेन्द्र साह २ को ‘क’ र रामअशिष यादव २ को ‘ख’बाट निर्वाचित भएका थिए । धनुषामा जसपाको सर्वाधिक जनाधार भएको क्षेत्रहरु मध्ये क्षेत्र नं. २, १ र ४ लाई मानिन्छ । यादवलाई टिकट दिए चुनाव जित्न सक्ने बलियो संभावना रहेको स्थानीयहरुको तर्क छ ।७४ वर्षको उमेरमा उनी अन्तिम पटक चुनावमा भिड्ने तयारी गरेकाले मतदाताको सहानुभूति बटुल्ने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News