२०७९ आश्विन १४, शुक्रबार ०६:५४

नेपाली कांग्रेसको आन्तरिक कलहले सत्तासीन पाँच दलीय गठबन्धन धरापमा पर्न लागेको छ ।

प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँटमा कांग्रेसले जनता समाजवादी पार्टी(जसपा) , जनमोर्चा र नेकपा एसलाई उपेक्षा गरेपछि विहीबार बसेको बैठक स्थगित भएको छ । बैठकमा कांग्रेसले एकतर्फी रुपमा सिट लिने प्रस्ताव पेश गरेपछि विवाद भएको थियो ।कांग्रेसले एकलौटी गर्न खोजेको आरोप लगाउँदै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बैठक छाडेर बाहिरिएका थिए ।स्रोतका अनुसार प्रदेश सभामा कांग्रेसले मधेश प्रदेशमा जसपालाई अधिकतम् १३ सिट र नेकपा एसलाई ६ सिट प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले गत १२ गते प्रदेश सभाका लागि प्रस्तुत गरेको प्रस्ताव भन्दा विहीबार प्रस्तुत गरिएको प्रस्तावमा निकै भिन्नता देखिएको कार्यदलका सदस्य समेत रहेका जसपाका प्रवक्ता मनिष सुमनले जनाए । ‘मधेश प्रदेशमा कांग्रेसले जसपालाई खुम्चयाउन खोजेकाले विरोध जनाइएको छ ’ उनले भने, प्रदेशमा रहेको ६४ सिट मध्ये कम्तीमा आधी ३२ सिट चाहिन्छ ।तर कांग्रेसले जसपालाई कृपा गरे जस्तो सिटको प्रस्ताव गरेको बताइएको छ । जनमोर्चालाई कांग्रेसले देशैभरि प्रदेश सभामा एउटा पनि सिट प्रस्ताव गरेको छैन् । नेकपा एसको अवस्था पनि अत्यन्त दयनीय छ । स्रोतहरुका अनुसार नेपालले बैठक छाडेर निस्केपछि जसपा र जनमोर्चाले पनि विरोध जनाए ।चर्को विरोध भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका नेताहरुले शुक्रवार शीर्ष नेतृत्व तहमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाए ।

कांग्रेसमा संस्थापन पक्षले एकतर्फी गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा धर्ना लगायतका विरोध कार्यक्रमहरु गरिरहेका छन् ।असन्तुष्ट पक्षले १४ गते सम्म समानुपातिक सूचीमा सहमति अनुसारको संशोधन नभए विरोधलाई झन चर्काउने धम्की नेताहरुले दिएका छन् । आन्तरिक विवादलाई व्यवस्थापन गर्न कांग्रेसले पाँच दलीय गठबन्धनको सिट बाँडफाँटमा एकतर्फी गर्न खोजेको देखिन्छ ।संस्थापन पक्षले समानुपातिकमा एकलौटी गरे जस्तै प्रत्यक्षमा पनि गर्न चाहेको उनीहरुको आरोप छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन दलहरुबीच सिटको बाँडफाँटमा सहमति भइनसकेको बताएका छन् ।उनले गठबन्धन भन्दा बाहिर गएर पनि चुनाव लड्न सक्ने संकेत गरेका छन् ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=nhm6Z8rw4Dk

Comment


Related News

Latest News

Trending News