अपडेट 
२०७९ आश्विन १४, शुक्रबार ०७:०५

भ्रमको मज्जा गज्जबकै हुन्छ । भ्रमितसत्यले जीवनदृष्टिनकुनै आग्रहतिर लतारिदिन्छ । जिवनको प्रतिक्रियालाईक्रिया बनाइदिन्छ । चाहे त्यो व्यक्तिको कुरा होस वा कुनै मुलुकको प्रशासनीक गतीशिलताको कुरा होस ।यसतै भ्रमजालको रुपमा साबित हुदैछ चाइनाको बिआरआई परियोजना, छिमेकी गरिब मुलुकको लागी । चाइनाले छरेको बिकास रुपी बिआरआईको भ्रमजाल क्रमश उजागर हुदै छ ।बिकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मिय ऊर्जा फैलाउदै बिआरआइ एकाइसो सताब्दीको स्वर्णीम युगका सपनाछरियो ।तर श्रीलकां ,पाकिस्तान र त्यसपछि बंगलादेशमा देखा परेको आर्थिक संकटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भ्यावह प्रवाह बढाएको छ । सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने चिनीया ‘कम्युनिस्ट’ का चाल, चरित्र, चित्र र चिन्तनको अहिले नेपालमा खुलेर बिरोध हुन थालेको छ ।कम्युनिस्टको नाममा ‘जे–जे, गर–गर,बाह्य जति हस्तक्षेत्र जति गर’ भने कुराको चर्चा आम नेपाली माझ चलेको मात्र छैन खुला रुपमा बिरोध समेत हुन थालेको छ । भ्रमितसत्यको सुन्दर उदाहरणको रुपमा चिनको महत्वकाक्र्षी झापाको टावर वा पोखराको एयरपोर्ट निर्माण परियोजना पछि लुकेको सत्यलाई समयमै बुझिएन भने नेपालको आर्थिक अवस्था छिमेकि श्रीलकाकै गोरेटो तिर लागेको कुरालाई नकार्न सकिने अवस्था छैन ।

भ्रमबाट उम्कने हो भने, यति बुझ्नुपर्छ– कम्युनिस्टको नाममा चिन आफ्नो सैनिक सामरिक महत्वको कुरालाई बलियो पार्ने योजनामा सक्रिय छ ।भित्रता,विश्वास र नेपालीको प्रतिबद्धता भन्दा पनिबिआरआईको बहानामा छेपारे भूमिकामा सैन्य पकड बलियो बनाउदै छ । अहिले श्रीलंका,बगंलादेश र पाकिस्तानको आवस्था दयनीय बन्दै गएको छ ।त्यसमा पनि श्रीलंकाको प्रशासकिय र आर्थिक दुबै मोर्चामा अनेक कारणले गर्दा यो दिन देखनु परेको हो । मुख्यरुपमा विदेशी कर्जाले बनाइएका परियोजनाहरु जसको आर्थिक नतीजा संदिग्ध रहयो ।त्यसलाई निरन्तर अगाडि बनाउने अदुरदर्शी कामले पनि मुलुकको आर्थिक अवस्थालाई जरजर बनायो ।खास गरेर चिनिया ऋणको जालमाफसाउने हम्बनटोटा पोर्ट यसको ज्वलन्त उदाहरण हो । श्रीलंकाका शासनकर्ताले ५१ अरब अमेरिकी डालरको ठुलो विदेशी कर्जाÞ प्रति रतीपनि सम्बेदनशील बनेनन ।यसमा पनि २८ अरब अमेरिकी डालर सन २०२७सम्म चुक्ता गर्नुपर्ने छ । आर्थिकबिज्ञको सहि सल्लाहबाट कामकाज गर्नुपर्नेमा असहमति र मनोपरि सरकारीतन्त्रले गर्दा श्रीलकां यो विस्फोटक अवस्थामा पुगेको हो ।जसमा त्यहाका विश्वसनीय राजनीतिक विपक्ष, स्वतंत्र र निडर न्यायपालिका, चुनाव आयोग र मीडियाको भूमिका समेत त्यस्तै रहेकोले गर्दा श्रीलकन जनताको तगारोमा अहिले सबै नेता परिरहेका छन् ।नेपालको पनि स्थानिय चुनावमा देखिएको बालेन र हर्कको अप्रत्यासित जितलाई राजनेताहरुले प्रजातान्त्रिक बिद्रोहको सानो झिल्को को रुपमा लिनुपर्ने समयको चेतावनी हो ।तर गठबन्धनको हानथाप र त्यासपछिको नेपाली कांग्रेसमा आउने राजनैतिक तरगंको लाभ लिने स्वपनदोसमा आली रहेको चियोचर्चाहरु पनि चलिरहेकै छन् ।

चिनिया नेता शी जिनपिंगले विभिन्न मुलुकहरुमा आधार भूत संरचना बनाउने योजना लागु मात्रै गर्न दिवास स्वपन छर्न भ्ययाएन, वास्तवमा वैश्वीक परिवेसमा चिनीय सैन्य स्वार्थ र भावी रणनैतिक योजनालाई चीनीको धन र विशेषज्ञतालाई ठुलो ‘ऋण जाल’ को रुपमा लादन सफल समेत हुनु भएको छ । त्यहिनीतिको साथ बेल्ट एन्ड रोड योजना लगायत अरु पनि कतिपय परियोजनाहरु विभिन्न मुलुकहरुमा जोडतोडका साथ चलाइएका छन् । तर त्यो लागुगरिएको मुलुकहरुमा चिनीया सैन्यसामरिक शक्तिलाई स्थापित गर्न यी योजना ल्याइएको खुलासा विस्तारै हुन थालेपछि, बिरोधको क्रम पनि बढदै गएको छ । विगतको चुनावमा चीनीया कम्युनिस्ट पार्टीको विधानमा बेल्ट एन्ड रोड योजनालाई स्थापित गराउन राष्ट्रपति शीले आफ्नो नवारनको बलनै लगाएका थिए । जसको फलस्वरुप यसले वैचारिक र राजनैतिक रूपबाट सबैलाई जोडेको छ । यसको माध्यमद्धारा चीनलाई विश्वजगतमानै शिखरमा पुर्याउनुको साथै शी जिनपिंगले आफ्ना पार्टी उज्वल भविष्यलाई स्थापित गर्नु उनको मुख्य लक्ष्य देखिएको छ ।

श्रीलकांबाट हामीले लिनु पर्ने पाठ

सुशासनको लागी जनउत्तरदायी,विश्वाशिलो , ईमानदार र एक स्पष्ट दीर्घकालिक दृष्टिकोण राखनसक्ने शासकको आवश्यकता हुन्छ ।उच्चित सल्लाहबाट मुलुकको कामकाज चलाउन सक्ने र प्रतिपक्षको उचित बिरोधलाई अवलम्बन गर्दै अगाडि बढनु नै प्रजातान्त्रिक सरकारको मुख्य दायीत्व हो । साथैमुलुकको हितमा हुने बलियो आर्थिक तन्त्र र त्यसलाई अझ प्रगाढ बनाउने विकासको योजनाहरु लागु गर्दै देशको विकासको ढाचालाई अझ सुदृढ पर्ने नै राष्ट्रिया सरकारको मुख्य दायीत्व हो ।त्यसमा पनि विश्वसनीय राजनीतिक विपक्ष, स्वतंत्र र निडर न्यायपालिका, चुनाव आयोग र संचार माध्यम सहभागी रहेको हुन्छ । कुनै समय लेफ्टिनेंट कर्नल नन्दसेन गोटाबाया राजपक्षे श्रीलंकामा सबै भन्दा ठुलो तकबर नेता थिए ।उनी श्रीलंकाको आठौ राष्ट्रपति हुदा उनीप्रति ठुलो आकर्षण थियो । यस्तो अवस्था थियो कि भुतो न भबिष्यती उनलाई कसैले छुन पनि सक्दैन । तर उनको राजनैतिक पतनले प्रमाणित गर्यो कि जनताको हितमा काम नगर्ने नेता कुनैपनि बेला धराशायी हुन सक्छ । लोकतांत्रिक मुलुकहरुको साथ साथै एक–दलीय शासन व्यवस्था भएको मुलुकहरुमा पनि यस्तो अवस्था आउने बेर छैन । कुन्ठित र अज्ञानी मतदाताहरु र जातीय,क्षेत्रीय वा अन्धराष्ट्रबादको बलमा पाउने सत्ता आरोहण चिरस्थायी हुन सक्दैन । केंद्रीकृत, गÞैर–सलाहकारी निर्णय–प्रक्रिया, पक्षपातपूर्ण सरकारी अफÞसरशाही, स्वतंत्र संस्थाहरुको कमजÞोरी, मीडिया र सरकारबिचको अनैतिक गठबन्धन त्यसमा पनि व्यापारीक सेल्फÞ–सेंसरशिप, नकली सोशल मीडिया र नस्लीय–राष्ट्रवादी वा धर्म–आधारित लुभ्याउने दुष्प्रचार लगायतका कुराले मुलुलाई केहि समयको लागी दिगभ्रमित गर्न सक्छ तर त्यासको परिणाम श्रीलंकामा देखिएको जनआक्रोस नै हुन सक्छ । हंबंतोटा बंदरगाहको माध्यमबाट चीन हिंद महासागरमा अफ्नो नियंत्रण स्थापित गर्न चाहिरहेको छ ।

Comment


Related News

Latest News

Trending News