२०७९ आश्विन १४, शुक्रबार ०७:०९

संघीय संसदको दुबै सदनबाट पारित नागरिकता ऐन सम्बन्धी विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लंघन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने सामाजिक विकास मन्त्री नवल किशोर साहले बताएका छन् ।

जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले प्रतिगामी शक्तिको इसारामा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीको विभेदकारी व्यवहारले देशलाई द्वन्द्वतर्फ धकेलेको टिप्पणी गर्दै बक्ताहरुले संविधान उल्लंघन गर्ने राष्ट्रपति भण्डारी विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । जसपा राजनैतिक समिति सदस्य एवम् संविधान सभा सदस्य रन्जु ठाकुरले राष्ट्रपति भण्डारीलाई संसदबाट पारित नागरिकता विधेयक रोक्ने अधिकार संविधानले नदिएको जिकिर गरिन् । उनले राष्ट्रपति भण्डारीले नेपालको संविधानको घोर उल्लंघन गरेको आरोप लगाइन् । उनले एमाले देशमा संविधान उल्लंघन गर्ने सबैभन्दा अग्रपंक्तिमा रहेको पार्टी रहेको आरोप लगाइन् । राजनैतिक समिति सदस्य विनोद कुमार चौधरीले संविधानको रक्षक राष्ट्रपति भण्डारीलाई संविधानको बर्खिलाप गर्ने हैसियत नभएको बताए । संबैधानिक राष्ट्रपतिले कार्यकारी भूमिका खेल्नु खोज्नु संविधानविरोधी कार्य भएको उनको भनाइ थियो । उनले संविधानमाथि धावा बोल्ने राष्ट्रपति भण्डारीलाई पदमा बस्न नसुहाएकोले अविलम्ब राजिनामाको माग गरेका छन् ।

जसपा केन्द्रीय सदस्य विकास तिवारीले नागरिकताको समस्या मधेशीमाथि थुपार्ने तथा भ्रमको खेती गर्ने प्रतिगामी शक्तिको ईसारामा पदीय मर्यादा विपरीत कदम उठाएर राष्ट्रपतिले नाङ्गो नाच देखाएको बताए । राष्ट्रपतिको कदमले देशलाई अन्तर्राष्ट्रिय जगतमै बद्नाम गराएको भन्दै देशको प्रतिष्ठालाई जोगाउन राष्ट्रतिको कदम विरुद्ध आन्दोलन गर्नुपर्ने आबश्यकता औलाए ।

Comment


Related News

Latest News

Trending News