२०७९ आश्विन १४, शुक्रबार १०:२३

काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा ३ जना पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनीहरुलाई केहीदिन पहिल्यै नै पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको विवरण प्रहरीले गोप्य राखेको छ।

उनीहरूलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको छ। सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै यही असोज ४ गते हत्या भएको थियो।

मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए। घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।

Comment


Related News

Latest News

Trending News