नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा नेपाली कांग्रेस विपीका केन्द्रीय सदस्य प्रदिप श्रेष्टले समाज रुपान्तरण र परिवर्तनका लागि शिक्षित, निडर व्यक्तिलाई अगाडि बढाउनुपर्ने बताएका छन ।
समाजलाई परिवर्तन गर्न सक्ने र देशलाई विकासको गतिमा अगाडि बढाउन सक्ने खालका व्यक्ति अगाडि नबढेसम्म समाज र देशमा कहिल्यै परिवर्तन हुन नसक्ने नेता श्रेष्ठले बताए । कटहरियामा शुक्रवार स्थानीयहरुसँग अन्तरक्रिया गर्दै उनले आम नागरिकले रक्सी, मासु, पैसा लगायतको प्रलोभनमा परेर समाजलाई परिवर्तन नै गर्न नसक्ने गलत र असक्षम व्यक्तिलाई जनप्रतिनिधि चुन्ने गरेको कारण देश पछाडि परेको बताएका छन् । आम नागरिक जागरुक, होसियार र चेतनशील नभएसम्म देशमा परिवर्तनको कल्पना नै गर्न नसकिने उनले धारणा राखे । आउँदो निर्वाचनमा जाति, पार्टी, व्यक्तिभन्दा माथि उठेर काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह जस्ता भिजन, सोच र काम गरेर देखाउने इच्छाशक्ति भएका व्यक्तिलाई मात्र साथ दिन उनले सबैलाई आग्रह गरे ।


