अपडेट 
२०७९ आश्विन १५, शनिबार ०७:३१

सिजन चुनावको छ । मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव हुँदैछ । सिजनमा आँप फल्छ । सिजनमा खेत रोपिन्छ । सिजन अनुसार पर्व–त्यौहार आयोजन हुन्छन् । सिजनमै कुकुर बौलाउँछ अनि सिजनमै नेताजीहरु पनि बौलाउँछन् । बौलाउँनुसंग मेरो तात्पर्य मगज बिग्रिनुसंग छैन । मैले भन्न खोजेको हो– चुनावको मौसममा नेताजीहरुको अनपेक्षित उछल–कूद,दौड–धूप,झूठ–मूठको भाषणवाजी र दल–बदलसंग छ । चुनावको सिजन नभएको भए–एमाले अध्यक्ष केपी शर्मा ओली एक महिनाभित्र चार चार चोटी मधेश झर्नु हुन्थ्यिो ? जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाममा डेरा जमाएर बस्नु हुन्थ्यिो ? चार वर्षसम्म अनुहार देखाउँने फूर्सद नभएका राजेन्द्र महतो जनकपुरधाम र सर्लाहीको चक्कर लगाउँनु हुन्थ्यिो ? महासेठ दम्पतिको लञ्च ईन काठमाण्डु,डाईनडीनर)ईन जनकपुर हुन्थ्यो ? चुनावको घोषणाले नेताजीहरुसंग आम मतदाताको दरश–परश गर्ने मौका मिलाइ दिएको छ । पछिल्ला पाँच वर्ष सियालको सिंह जस्तै अलोप रहेका नेताजीहरु मधु मुस्कानका साथ घरदैलो पुग्दै छन् । आम जनताको बोलीमा बोली मिलाउँदै सुख–दुःखका कुरा बतियाउन थालेका छन् । कुशल–क्षेम पुछ्न थालेका छन् । वर्षौदेखि अलाप्दै आएका उही पुराना विकास निर्माण,मधेश र मधेशीको अधिकारको कुरा सम्झाउन थालेका छन् । अनि फिर्नेवेला दश औंला जोडेर मिनती गर्न थालेका छन्–‘ विकास निर्माण,मधेशके मुद्दा संवोधन आ कि कहाँदनके लेल अपन अमूल्य भोंट अवश्य देल जाय ।’ सबै दलका नेताहरुले वर्षौदेखि दोहराइ राख्ने यस वाक्यबाट सुपरिचित मतदाताहरु रेडिमेड जवाफ दिन्छन्–‘ अपनेके भोंट नहि देबै त केकरा देबै ।’ अनि नेताजीहरुका तालिम प्राप्त हनुमानजीहरु गगनभेदी नारा लगाउँछन् – फंल्ना नेता जिन्दावाद । जातपर नै पातपर भोंट दू फंल्ना छापपर …..। आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । निर्वाचनमार्फत आम मतदाता पाँच वर्षका लागी आफ्ना प्रतिनिधि चयन गर्छन । जनताद्वारा निर्वाचित जनप्रतिनिधि मार्फत व्यवस्थापिका संसद गठन हुन्छ ।कार्यपालिका गठन हुन्छ अनि सरकारमार्फत जनताले विकास निर्माण,सुशासनआदि प्राप्त गर्छन । तर पञ्चायतकालदेखि संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म आम मतदाताले पटक पटक मतदान गरे । विभिन्न दलका नेताहरुलाई चुनाव जिताए । सरकार बनाउँन लगाए तर आम मतदाताको जीवनस्तरमा खासै परिवर्तन आएन । फूसको झुपडीमा खपडा र खपडाको छानामा छत ढलान भएको हुन सक्छ तर केही वर्ष अघिसम्म चप्पलमा देखिने नेताजीहरु पजेरोमा के गरी पुगे ? आम मतदाता बुझ्न सकेका छैनन । उही विकास निर्माण,मधेश र मधेशीको पहिचान र अधिकारको मुद्दा वर्षौपछि पनि किन दोहोरी रहेको छ ? मतदाता अलमलमा छन् ।

चुनावको घोषणासंगै मधेशमा दलबदलको ओइरो लागेको छ । स्थानीय निर्वाचनमा नराम्ररी पछाडिएका निर्माण व्यावसायी बलराम महतो जसपाको लागि धनुषा २ खाली देखेर जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भयो । चुनाव घोषणा भएपछि लोकतान्त्रिक समाजवादी पार्टीका उमाशंकर अरगरिया नेकपा एमाले प्रवेश गरे । अरगरिया ईन हुने वित्तिकै प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहेका गंगाराम यादव एमाले परित्याग गरी जसपामा प्रवेश गरे । अध्यक्ष महन्थ ठाकुरकी विश्वासपात्र चन्दा चौधरी लोसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरिन । मधेश पृष्ठभूमिका अनेकौ नेता कार्यकर्ताहरु दलबदल गरे । गर्ने क्रम जारी नै छ । नेताजीहरु दलबदल किन गर्छन ?आममतदाताबुझ्न नसकेको विषय हो । मधेशआन्दोलन ताका केपी शर्मा ओलीलाई निजी स्तरमै विरोध गर्ने उमाशंकर अरगरियापार्टी प्रवेश कार्यक्रममा ओलीलाई दूरदर्शी राजनेताको संज्ञा दिनु भयो अनि उहाँकै ेतृत्वमा मुलुकमा विकासको मूल फुट्ने दाबी गर्नु भयो । अर्कोतर्फ हिजोसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो आदर्श मान्ने केही वर्ष अघिसम्म आफ्नै निजी निवासमा भोजन आवासको व्यवस्थापन गर्ने गंगाराम यादव जसपा प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवको नेतृत्व क्षमताको खुलेरै प्रशंसा गर्नुभयो र एमालेमा विधिको शासन नरहेको आरोप पनि लगाउनुभयो । मैथिलीमा एउटा उखान छ –सांझे खैली हर्रे आ पराते टोली…..किदन । दलबदल गर्ने नेताहरुसंग यो उखान ठ्याक्कै चरितार्थ हुन्छ । मन नमिल्ने नेतालाई तल्लो स्तरको गाली गलौज गर्न पनि पछि नपर्ने नेताहरु समयचक्रमा उही नेताको शरणागत हुन पुगेका छन् । हिजोसम्म गाली गरेकै नेताको कार्यकर्ता बन्दाको पीडा उनलाई नै थाहा होला ।

Comment


Related News

Latest News

Trending News