२०७९ आश्विन १५, शनिबार ०८:२४

पाँच वटा संस्थाले मैथिली भाषाको संरक्षण, सम्वद्र्धन गर्न ज्ञापनपत्र बुझाएका छन् ।

मैथिली साहित्यकार सभा, मिथिला नाट्य कला परिषद्, रामान्नद युवा क्लव, रंग बाटिका र मैथिली विकास कोषद्वारा पन्ध्र बुंदे माग राख्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमूख मनोज साहलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा आधारभूत तहमा मातृ भाषा पठ्नपाठन हुनुपर्ने, मैथिली विषयको शिक्षक विद्यालयमा नियुक्ति गर्नुपर्ने, कामकाजी भाषा मैथिली तोक्नु पर्ने र लिपिको संरक्षण, सम्वद्र्धन गर्न एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, नगरको सडक र चोकको नामकरण विभूतिहरुको नाममा गर्नुपर्ने, शहीद प्रवेश द्वारको नाम परिमार्जन गनुपर्ने, मिथिला आन्दोलनका शहीदको स्मारक निर्माण र बजारमा मैथिली भाषामा विज्ञापन गर्नुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख छ ।



Comment


Related News

Latest News

Trending News