२०७९ आश्विन १५, शनिबार १२:०८

काठमाडौं । समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा समान न्याय तथा ४० प्रतिशत भाग पाउनुपर्ने माग गरेर संघर्षमा उत्रिएको शेखर कोइराला तथा गगन थापा नेतृत्वको समूहले आज साँझसम्म पर्खिने भएको छ ।

संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताएका छन् । समन्याय नभएमा देशब्यापी विद्रोह गर्ने चेतावनी सो समूहले दिइसकेको छ ।

घिमिरेले ट्वीट गर्दै भनेका छन्–नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु।जय नेपाल !!’

निर्वाचन आयोगमा आइतवारसम्म समानुपातिकतर्फको बन्द सूची अन्तिम हुनेछ । सभापति शेरवहादुुर देउवलो समानुपातिकको बन्दसूची सच्याउने भने पनि अहिलेसम्म टुंगो लागेको छैन ।

शेखर गगन समूहले ४० प्रतिशत मागेको छ भने देउवा ३० प्रतिशत दिन तयार भएका छन् ।

Comment


Related News

Latest News

Trending News