अपडेट 
२०७९ आश्विन १६, आईतवार ०५:५९

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा।
वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयंकरी।।

वडा दशैंको सातौ दिन अत्यन्त महत्वपूर्ण मानिन्छ ।दूर्गा माताको सातौ स्वरुपलाई कालरात्रीको रुपमा पुजा गरिन्छ । कालो वर्ण भएकी खप्पड र खड्ग धारण गरेकी असुर शक्तिलाई विनाश गर्ने माता कालीको कालरात्रीको रुपमा पूजा गरिन्छ ।

उहाँको नामले नै माताको कल्याणकारी स्वरुपको वर्णन हुन्छ ।उहाँको शरिरको रंग अत्यन्त अँध्यारो देखिने कालो छ ।नामले नै उहाँको भयानक स्वरुपको वर्णन हुन्छ ।टाउकोको कपाल खुल्ला छ । घाँटीमा बिजुली जस्तो चम्किलो माला छ ।अन्धकारमय परिस्थितिको विनास गर्ने शक्ति स्वरुपाको नाम कालरात्री हो ।कालबाट पनि रक्ष ागर्ने माता कालरात्री हो । दूर्गा पूजा विधि विधान अनुसारको उहाँको मुख्य पूजा मध्यरातीमा हुन्छ ।मानिस र जिवजन्त ुहरु समेत गहिरो निद्रामा हुन्छन् , त्यती बेला माता कालरात्री को पूजा गरिन्छ । मा ता कालरात्रीको तीन नत्र रहेको छ ।तीनै नेत्र ब्रम्हाण्ड जस्तो गोलाकार छ ।उहाँको श्वासबाट अग्नी प्रज्वलित हुने गर्छ । उहाँको सवारी गंदर्भ (गदहा) हो ।उहाँको चार हात मध्ये दाहिने तर्फको माथिल्लो हात वर मुद्रामा रहेको छ ।उक्त हातबाट माताले भक्तहरुलाई वर प्रदान गर्नु हुन्छ । दाहिने तर्फको तलको हात अभय मुद्रामा रहेको छ । यसले भक्त सदैव निर्भय, निडर रहन्छन् ।बायाँ तर्फको माथिल्लो हातमा फलामको धारिलो हतियार (काँटा) र तलको हातमा खड्ग रहेको छ ।उहाँको रुप भयंकर हो । तर उहाँ कल्याणकारी सदैव शुभ फल प्रदान गर्ने माता हुन् ।त्यसैले उहाँको नाम शुभंकारीपनि हो ।उहाँको साधकहरुलाई कुनै प्रकारको भयबाट कतैपनि डराउनु पर्दैन् ।उहाँको साक्षात्कारबाट सबै पुण्यको भागी बन्छन् ।

माता कालरात्रिको उपासना गर्नाले ब्रह्मांडको सम्पूर्ण सिद्धिको द्वार खुल्न थाल्छन् ।सम्पूर्ण असुरी शक्ति उहाँको नामको उच्चारणले नै भयभीत भएर टाढा भाग्न थाल्छन् ।त्यसकारण दानव, दैत्य, राक्षस र भूत–प्रेत उहाँको स्मरणले नै भाग्छन् । उहाँले ग्रह बाधाहरुलाई हटाउनु हुन्छ । अग्नि, जल, जंतु, शत्रु र रात्रि भय उहाँको स्मरणले नै हट्छ । माता कालरात्रीको कृपाले भक्त सबै प्रकारको भयबाट मुक्त हुन्छन् । माता कालरात्री सर्वदा कल्याणी हुनुहुन्छ ।कालरात्री माताको साधकहरु सदैव भय भुक्त भएर मध्य राती(काल रात्री)मा उहाँको अराधना गर्छन् । माता कल्याणीको भक्ती अराधनाले सम्पूर्ण रुपमा भक्तजनको मनकामना पूर्ण हुन्छ । वडा दशैँमा दूर्गा भवानीको सातौ दिनको पूजालाई सर्वाधिक महत्व दिएको हुन्छ ।सो दिन दूर्गा मन्दिरहरुमा विशेष पूजा गरिन्छ ।कतिपय स्थानमा सप्तमी र अष्टमीको दिन कालरात्री माताको पूजाको अवसरमा बली प्रदानपनि गरेको पाईन्छ ।

Comment


Related News

Latest News

Trending News