अपडेट 
२०७९ आश्विन १६, आईतवार ०६:१२

राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिकता विधेयकको प्रमाणीकरणमा देखाइएका मौंनता र मेयर बालेन शाहको काठमाडौंको सडकमा डोजरको तीव्रताले सवैको ध्यान तानेको छ । दुवैमा समानता पनि देखिएका छन । विद्यादेवी मुलुकको सर्वोच्च पद ‘राष्ट्रपति’मा आसिन हुनुहुन्छ । नागरिकता विधेयकको प्रमाणीकरण नगरेको विषयमा उहाँविरुद्ध सर्वोच्च अदालतमा र महानगरमा घर टहरालगायतका तोडफोडका मेयर बालेनविरुद्ध पाटन उच्च अदालतमा मुद्धाहरु दर्ता भएका छन् । राष्ट्रपति भण्डारी संसद् विघटनको सिफारिस गर्दा संविधान मिचिएको आरोप लागेको छ । नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी अलपत्र पारेपछि संविधान नै किचाई परेको जनगुनासो सुनिन्छ । संविधानसभाबाट निर्मित संविधान जसलाई विश्वकैं उत्कृष्ट संविधान बनाएको भनेर गर्व गर्नेहरुमध्ये कतिपयले संविधानका त्रुटिहरु औंल्याउन थालेका छन् । सत्तापक्षले जहिलेपनि संविधानको कतिपय धाराको प्रयोग आपूm अनुकुल गर्न थालेपछि पटक पटक विवाद निम्त्याएको हो । यो सङ्घीय गणतन्त्रको लागि शुभ सङ्केत पक्कै होईन् । संविधानको संरक्षण सम्र्बद्धन गर्ने पक्षहरुमा स्वच्छन्दता बढेको छ । यदि, यस्तै रह्यो भने मुलुकको अधोगति निश्चित छ । अर्कोतर्फ, काठमाडौंका मेयर बालेन शाहको डोजर महानगरभित्रको अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएका छन् । यसको थुप्रै पक्ष सकारात्मक भएपनि कतै न कतै नकारात्मक अवस्थापनि सृजना गरेको छ । तर, जेभएपनि उहाँको कार्यको गतिशीलता प्रशंसनीय छ । सोही कारणले गर्दा मुलुककै तीनवटै पुस्तामा आशाको सञ्चार जागृत भएको छ । कामगर्ने आँट र प्रतिबद्धता छ भने कल्पना नगरेको कामपनि सहज ढङ्गले हुने गर्छ भने बालेनको कदमले पुष्टि गरेको छ । बालेनले गर्न सक्ने, हाम्रो मेयरले किन गर्न नसक्ने भनेर चर्चा चुँलिन थालेपछि कतिपय मेयरलाई बालेनको कदमले गर्दा मानसिक तनावका साथै चूनौंति थपिँएको अनुभूति गरिरहेका छन् । बालेनको कदमको खासै प्रतिकार भएको छैन् अपितू बालेनको जयजयकार नै भएको छ । इन्द्रजात्रामा बालेनप्रति जनताको जयजयकारले राष्ट्रियस्तरमैं चर्चाको विषय बनेको थियो । त्यो जयजयकारलाई स्थायित्व राख्नका लागि जनताको नजरमा लोकप्रिय कार्य गर्दै रहनुपर्छ । यस्तै जयजयकारको सन्दर्भमा लौंहपुरुष गणेशमान सिँहले एकताका भन्नुभएको थियो, “गणेशमान जिन्दावाद– जिन्दावाद”को नारा सुनेर मख्ख भएर सुतेको थिए, सुतेर उठेपछि ‘गणेशमान मुर्दावाद–मुर्दावाद’ नारा गुञ्रिहेको थियो । काठमाडौंको जनताको सम्बन्धमा उहाँको यो प्रतिक्रिया हो । काँग्रेस र एमालेप्रति खासगरी युवावर्गको आक्रोसको प्रत्यक्ष लाभ बालेनलाई प्राप्त भएको हो । २०३८ सालको निर्वाचनमा सुधारिएको पञ्चायती व्यवस्थाप्रति आक्रोस प्रकट गर्दै काठमाडौंले राष्ट्रिय पञ्चायत सदस्यमा नानीमैयाँ दाहाललाई जिताएको थियो ।

काठमाडौंका मतदाता कतिखेर, कसलाई समर्थन गर्ने सम्बन्धमा आङ्कलन गर्न कठिन छ । हुनत, अव काठमाडौंमा प्रवासी मतदाताले निर्वाचनमा निर्णायक भूमिका खेल्न थालेको छ । राजनीतिमा विपक्षी जहिलेपनि राम्रो काम भएपनि नभएपनि विरोध गर्नु आफ्नो कर्तव्य ठान्छन् । बालेनको कदमले मुख्य दलका नेताहरु अक्क न बक्क अवस्थामा पुगेका छन् । कारण एउटै हो, गर्न सकिन्थ्यो, किन गरिएन भनेर उनीहरुलाई पछूतो भइरहेको हुनु पर्दछ । तर, राजनीतिकका महारथीहरु जहिलेपनि कमजोर विन्दुमाथि प्रहार गर्छन् । त्यसकारण, बालेनलाई सदैव सचेत रहनुपर्ने आवश्यकता पनि छ । अवैध निर्माणगर्नेहरुमाथि कानुनको डोजर चलाइन्छ भने आफनोतर्फबाट पनि कानुनको उल्लङ्घन नहोस् विषयमा सचेत रहनुपर्छ । नत्र, बालेनको ‘डोजर आतङ्क’ को रुपमा परिभाषित हुनमा बेर लाग्दैन् । बीर अस्पतालको जग्गामा रहेका औंषधि पसल भत्काइयो । भत्काउनुको मुख्य कारण सो अस्पतालले नक्सामा फुलवारी उल्लेख छ । सो ठाउँमा औंषधि पसल सञ्चालित अवस्थामा फेला प¥यो । जहाँसम्म मेरो दृष्टिकोणमा महानगरलाई फुलवारीको ठाउँमा किन औंषधि पसल खोलिएको ? कहिलेदेखि खोलिएको ? नियम विपरीत कार्य गरिएको र बर्षोदेखि सोबापत कर चुक्तापनि नगरिएको देखिएकाले तोकिएको अवधिभित्र जवाफ माग्नु पर्ने हो । दण्ड जरीवाना वसुल गर्नुपर्ने हो कि होईन् ? एकाएक भत्काउनु के अराजकता होईन ? त्यो भत्काएर महागरलाई के उपलब्धि भयो ? जडिबुटीको सडक क्षेत्रबाट एउटा पुरानो घर हटाइए । सर्वोच्च अदालतले जग्गाको मुआब्जा दिएर मात्र हटाउनु भनेर सडक विभाग आदेश दिएको थियो । महानगरको डोजरले हटाए । यस सन्दर्भमा, महानगरका टोलीले सडक विभागको आदेशमा हटाइएको जानकारी गराइयो । डोजर त सडक विभागसँग पनि छ । तर, उसले भत्काउने काम गरेन् । किनभने, मुआव्जा तिर्नु पथ्र्यो । मुआब्जा दिन नचाहेर महानगरको माध्यमबाट हटाइएको हो । डा. बावुराम भट्टराई प्रधानमन्त्री बनेपछि काठमाडौंको सडक विस्तारको नाममा सयौं घर भत्काएको थियो । सरकारले कसैको मुआब्जा दिएन् । विकासको नाम कसैलाई सुकुम्वासी बनाउनु कहाँसम्म उचित हो ? राज्यले कर लिन्छ तर, विकासको नाममा जनताको जग्गा सित्तैको खोज्छन् । सम्पति अधिग्रहण गर्दा जग्गाको मुआब्जा दिनुपर्छ । बालेनको डोजरले अनामगरस्थित ओसिडेन्टल स्कुल भत्काए । भनिन्छ, बषौदेखि सञ्चालित सो स्कुल एलानी जग्गामा बनेको थियो । विद्यालय भत्किएपछि विद्यार्थीको मनोदशा के भएको होला ? उनीहरु पढाईमा के असर पर्छ ? यी विषयमा मेयरलाई सोच्नुपर्ने थियो । महानगरले भत्काउनुको विकल्प खोज्न सकिन्थ्यो । उक्त भवन अधिग्रहण गर्न सकिन्थ्यो । आवश्यक दण्ड जरीवानापनि वसुलउपर गर्नुपर्ने थियो । बाङ्गेमुढामा एक सामुदायिक भवन पनि भत्काइएको छ । उक्त भवनको सन्दर्भमा सर्वोच्चमा मुद्धा विचाराधीन अवस्थामा छ । त्यो कागजात देखाउँदापनि नगर प्रहरी प्रमुख राजु पाण्डेले अन्ततः भत्काएर नै छाडे । कतिपय, घरधनीले कागजात देखाउन खोज्दा पाण्डेले कागजात कार्यालय देखाउन ठाडो जवाफ दिँदै अर्कोतर्फ डोजरले भत्काउँछन् । कार्यालय पुग्नुभन्दा पहिले भत्काएपछि कार्यालय जानु भन्नु को के अर्थ हो ? अर्कोतर्फ, वैद्य भवन वा पर्खाल भत्काएको अदालतमा पुष्टि भयो भने महानगरलाई क्षतिपूर्ति तिर्नुपर्छ । त्यो जनताको करबाट उठाइएको रकम नै तिर्ने हो । अर्कोतर्फ, बालेनको छविपनि धुमिल हुनेछ । तसर्थ, कसैको अनाहकमा क्षति नहुन दिनका लागि सचेत रहनुपर्छ । प्रतिष्ठा बडो मुश्किलले आर्जन हुन्छ । त्यस विषयमा पनि ध्यान राख्नुपर्ने देखिन्छ । ‘टुकुचा भेटियो’ । टुकुचा के हो भन्ने पहिलोपल्ट नाम सुन्नेहरु पनि छन् । माटोमुनीबाट खोला बग्दैछ र माथि घरहरु बनेको कुरा सुनेर छक्क पर्नु स्वभाविक हो । नापीको नक्साबाट टुकुचा गायव भन्ने खालका समाचारहरु तीव्रगति प्रशारण भइरह्यो ।

भू– माफियाहरुले खोलालाई पनि छोडेनन् भनेर चर्चा व्यापकता पाएको थियो । विस्तारै– विस्तारै कुरा खुल्दै जाँदा विसं १९४२मा बीर शमशेरले बगैँचा बनाउनका लागि विधिवत ढङ्गले गुम्बज शैलीमा नाला निर्माण गरी पानी बग्ने व्यवस्था मिलाएको रहेछ । तत्कालीन आर्किटेक्ट जोगबीर स्थापितको पहलमा सो निर्माण भएको हो । त्यो कति वलियो रहेछ भने विसं १९९०को महाभुकम्प, २०४५ र २०७० को भुकम्पमा पनि कुनै असर परेको छैन् । बाढीको तीव्र बहावमा पनि क्षति पुगेको देखिएन् । डोजरलाई पनि भत्काउनमा हम्मेहम्मे परेको थियो । बीर शमशेरका सन्तानहरुले त्यो जग्गा विक्री ग¥यो । कालान्तरमा खरिद विक्री हुँदै गयो । त्यहाँ बनेका घरहरुलाई तत्कालीन नगरपालिका र हालका महानगरपालिकाबाट नक्सा पास भएर विधिवत रुपमा भवनहरु निर्माण भएको चर्चा पनि छ । टुकुचा खोलाको त्यो भाग कमसेकम दुर्गन्धबाट जोगिएको छ । अन्य खुल्ला भागमा फोहोर पानी बगिरहेको, झाँडीहरु उम्रिएको छ । दुई घण्टाको बर्षामा काठमाडौंका कतिपय सडकबाट पानी बग्ने गरेको छ । टुकुचालगायत त्यस्ता खोलाहरुको सरसफाई र थुपारिएका माटोहरुलाई हटाएको भए सहज ढङ्गले पानी बग्ने थियो । लामखुट्टेको प्रकोप पनि घट्ने थियो । अहिले महानगरमा डेङ्गुको प्रकोप बढेको छ । खोलाहरुको सरसफाईको जिम्मेवारी जुन निकायको त्यसलाई चासो लिनु पर्ने थियो । महानगरको दायित्व भएपनि नभएपनि यसतर्फ ठोस कदम उठाउनुपर्ने थियो । व्यवस्था वा सरकार परिवर्तन भएपनि तत्कालीन सरकारको निर्णय अमान्य हुँदैन् । त्यसलाई अमान्य पार्नका लागि संवैधानिक प्रक्रिया अपनाउनु पर्छ । तत्कालीन प्रधानमन्त्री बीर शमशेरको आदेशमा टुकुचालाई छोपिएको हो । त्यो आदेशलाई बदर गर्नका लागि मन्त्रिपरिषदबाट नै निर्णय हुनुपर्छ । टुकुचामा गुम्बज शैलीमा नाला निर्माण गर्ने तत्कालीन आर्किटेक्ट जोगबीर स्थापितको नाम चर्चामा आएको छ । बालेनले भूमिगत टुकुचाको खोजी नगरेको भए, जोगबीर स्थापितको नाम चर्चामा आउने थिएन् । टुकुजा खोजीको यो ठूलो उपलब्धि हो । आजभोलि लाखौं खर्चिएर निर्माण गरिएका नालाहरु अलिकति पनि पानी चाप सहन नसकेर भत्किने गरिन्छ । टुकुचामा निर्माण गरिएका नालाको विषयमा इन्जिनियरिङ्गका विद्यार्थीहरुको लागि अध्ययनको विषय हो । प्रजातन्त्रदेखि गणतन्त्रको यात्रासम्म आइपुग्दा पनि मुलुकमा नेताको जगजगी त भयो तर, जनतालाई आफ्नै जग नै हल्लिएको हो कि आभाष हुन थालेको अवस्थामा बालेन्द्र शाहको कार्यशैली देखेर आशा पलाएको छ । यस्तो बेलामा बुढापाकाको आदर्शवादी सुझाव जोश देखाउने बेलामा होस नगुमाउनु भन्ने कुरालाई उपदेशको मनन् गरी कार्य गर्नुपर्ने देखिएको छ । काठमाडौंमा पुटपाथबाट पसल हटाउने, बेसमेन्ट खाली गराउने र सडक अतिक्रमण हटाउने र अवैध भवन ध्वस्त पार्ने काम भएको छ । यसबाहेक थुप्रै कामको शुभारम्भ गर्नुपर्ने हुन्छ । अव, बालेन शाहलाई होशियारीका साथ कदम उठाउनुपर्छ । राजनीतिकका माहिर खेलाडीहरु कमजोरी फेला पार्नासाथ ठूलो मुद्धा बनाउनमा बेर लगाउँदैन् । ‘ इतिश्री

Comment


Related News