अपडेट 
२०७९ आश्विन १६, आईतवार ०८:३५

भारत उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको हो।

ट्रयाक्टर अनियन्त्रित भएका दुर्घटनामा परेको भारती सञ्चारमाध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो। ट्रयाक्टरमा सवारहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले कानपुर दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले मृतक र घाइतेका परिवारका लागि राहत घोषणा समेत गरेका छन्। मृतकका परिवारलाई तत्काल दुई लाख र घाइतेलाई ५० हजार रकम दिने प्रधानमन्त्री मोदीको घोषणा छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको नि:शुल्क उपचार गर्ने बताएका छन्। उनले राहतस्वरूप घाइतेलाई ५० हजार र मृतकका परिवालाई दुई लाख रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

Comment


Related News

Latest News

Trending News