नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ ।
जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरूले असन्तुष्टि जनाएता पनि सबै जिल्लामा सम्बन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।
जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरूले त्यसो विरोध गरेका छन् ।
क्षेत्र नम्वर १ को क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ ।
यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शारदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नम्बर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।
Please subscribe our official youtube channel below and support us.

